मोदि प्यालेस्टाइन आउने



रमल्लाह,पश्चिम किनारा,(एजेन्सी)
एकजना वरिष्ठ प्यालेस्टाइनी नेताले भारतिय प्रधानमन्त्री नरेन्द« मोदी ले आगामी महिना पश्चिम किनाराको ऐतिहासिक भ्रमण गर्न लागेको जानकारी सोमवार दिएका छन्।

प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासका सल्लाहकार माज्दी खाल्दीले सोमवार भ्वाइस अफ प्यालेस्टाइनलाई आगामी १० फेब्रअरीमा मोदी रमल्लाह आउने बताएका छन्। उनले कुनै पनि भारतियले प्यालेस्टाइनी भुमिको भ्रमण गरेको यो पहिलो घटना हुने पनि बताएका छन्।

केहि साता अघि मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भारतको छ दिने औपचारिक भ्रमण गरेका थिए। दशकौं देखि असलग्न अभियानको नेतृत्व गरेका भारतले पछिल्ला केहि वर्ष यता इजरायलसंग सुमधुर सम्बन्ध विकास गरेका छन्।

लामो समय देखि इजरायल र प्यालेस्टाइनबिच तननावको स्थित िरहेको छ। केहि समय अघि इजरायलको जेरुसेलमलाई राजधानी बनाउने अभियान पनि अन्तर्राष्ट्रिय जगतमा विवादको विषय बनेको थियो।

प्रतिक्रिया दिनुहोस्