सल्यानमाका कृषकहरु किवि खेति तर्फ आकर्षित



सरिता चलाउने, सल्यान । सल्यानका कृषकहरु किवि खेति तर्फ आकर्षित वन्न थालेका छन । किवि खेतिवाट राम्रो आम्दानी हुनथाले पछि सल्यानका विभिन्न ठाउमा किवि खेरी शुरु गरीएको छ । सल्यानको छत्रेश्वरी गाउपालिका, कपुरकोट गाउपालिका शादा नगरपालिका र कुमाख गाउपालिकामा किवि खेतिको शुरु गरीएका छ ।

विभिन्न कृषक समुह गठन गरी सो–खेति संचालन गरीएको हो । जिल्ला कृषि विकास कार्यालय सल्यान र शान्ति तथा पुनर्निर्माण मन्त्रालय काठमान्डौको अनुदानमा सो खेतिको अभियान संचालन गरीएको हो । छत्रेश्वरी गाउपालका वडा नं. २ मा मोनारिस देवालु कृषक समुह, लालिगुरास कृषक समुहमा आवद्ध भई गाउका कृषकले खेति गर्दै आएको जिल्ला कृषी विकास कार्यालय सल्यानका वागवानि विकास अधिकृत तिलक केसीले वताउनुभयो ।

सल्यानमा २ हजार २ सय २२ वोट भएकोमा दमाचौरको वुरासेमा मात्रै ४३ रोपनि जग्गामा २ हजार ७५ वोट लगाइएको छ । यस्तै कपुरकोटमा १ सय वोट , कुमाख गाउपालिका वडा नं. ३ मा ७५ वोट लगाएको वागवानि विकास अधिकृत केसीले वताउनुभयो । समुद्री सतहबाट ८ सय देखि २८ सय मिटरसम्म उचाईमा किवि खेति उत्पादन गर्न सकिन्छ । । किवि खेतिबाट राम्रो आम्दानी हुने भएकाले आफुहरुले यसको खेति गर्न थालेको छत्रेश्वरी गाउपालिकाका वडा नं. २ वुरासेका कृषक तेज वहादुर योगी । वताउनु भयो उहाँले भन्नुभयो ।

यस्तै छत्रेश्वरी वडा नं. २ वुरासे निवासी नेकपा माओवादी केन्द्रका केन्दीय महाधिवेशन सम्मेलन आयोजक समिति सदस्य चित्र वहादुर केसीले पनि आफ्नै लगानीमा १० रोपनी जग्गामा २ सय किविका वोट लगाएको वताउनु भएको छ आफनै लगानीमा २ वर्ष पहिले केन्दीय वागवानि विकास कार्यालय वाट २ सय वोट ल्यायर लगाएको वताउनु भयो उहाले भन्नु भयो ।
दमाचौरको वुरासेमा राम्रो संभावना भएकोे आफु त्यस खेतिमा लागेको वताउनु भयो । सल्यानमा केवि खेतिको राम्रो सम्भावना भएकोले आफुले करिव ६ वर्ष पहिला देखी यो खेति गर्न लागेको योगीले वताउनु भयो । उहाले भन्नु भयो हामीले २ हजार ७५ वोट लगाएकोमा १ सय ५० वोटले फल दिईरहेको र वाकीले उत्पादन दिने क्रममा रहेको वताउनु भयो । यस्तै कुमाख गाउपालिकामा ७५ र कपुरकोट गाउपालिकामा १ सय वोट लगाईएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमेरेले वताउनु भयो ।
उता कुमाख गाउपालिका वडा नं. ३ का कृषक धन वहादुर वुढाले आफलेपनि किवि खेतिको राम्रो सम्भावना भएकोले गाउलेहरु किविखेति तर्फ आकर्षित हुन थालेको वताउनु भयो । जिल्ला कृषी विकास कार्यालयको पहलमा गाउमा परिक्षणको लागी ७५ वोट लगााएकोमा अहिले २०,२५ वोटले उत्पालन दिएको वताउनुभयो ।

उहाले भन्नु भयो लगाएका सवै वोट हेरचाहा गर्न नपाउदा किराले काटेको मरे वाकी रहेका वोट राम्रो भएकोले यस वर्ष राम्रो उत्पालदन हुने वताउनु भयो । उहाले भन्नु भयो अव गाउमा समुह गठन गरेर दोलखा वाट विरुवा ल्याने तयारीमा रहको पनि जानकारी दिनु भयो । सल्यानमा हावापानी र राम्रो वतावरण भएकोले किवि उत्पादनको राम्रो सम्भावना भएको वरिष्ठ कृर्षि विकास अधिकृत अम्मरराज घिमेरेले वताउनु भयो ।

नेपालमा पहिलो पटक इलामको सुलुवुंगमा २०६४ सालबाट किवि खेती शुरु गरिएको हो । यो फलको स्वाद महको जस्तो हुने गर्दछ भने विभिन्न फफूलमा पाइने पौष्टिक तत्व किविमा पाईने घिमेरेले वताउनु भयो । क्यान्सर र सुगरका विरामीहरुलाई समेत यसले फाइदा पुग्नउहाको भनाई रहेको छ ।

नेपालमा प्रतिकिलो ४०० सयदेखि ८०० सय रुपैयाँसम्ममा किवि बिक्री हुँदै आएको छ । किविबाट वाइन र जुस वन्ने र विदेशमा समेत निर्यात गर्न सकिने भएकाले अरु वाली लगाउन छोडेर सल्यानका कृषकहरु यो खेतिमा लागेको जिल्ला कृषि विकास कार्यालय सल्यानका वागवानी विकास अधिकृत तिलक केसीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्