प्योङयाङद्वारा अमेरिकाको आलोचना



सोल, (एजेन्सी)
उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले जानीजानी अन्तर कोरियाली सम्बन्ध प्रभावित पार्ने उपायहरूको योजना बनाइरहेको आरोप लगाएको छ। उत्तर कोरियाको सत्तारुढ वर्कर्स पार्टीको मुखपत्र रोदोंग सिन्मुनले आइतबार प्रकासित एक लेखमा जनाएको छ ,अन्तर्राष्ट्रिय जगतले नै उत्तर र दक्षिण कोरियाबीचको सकारात्मक वार्ता तथा सम्बन्धमा देखिएको सुधारको सवागत गरिरहेकोबेला अमेरिकाले भने नियतवश अस्थिरता सिर्जना गर्ने प्रयास गरिरहेको छ।

गत साता दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरूबीच आगामी दिनमा द्विपक्षीय सैनिक अभ्यास नरोकिने निश्चित भएको थियो। वार्षिक रूपमा आयोजना हुने गरेको महत्त्वपूर्ण कि रिजोल्भ एन्ड पोल इगल नामक अभ्यास दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको आग्रहमा पियोंगचाँग ओलम्पिकस र प्यारालिम्पिक्स सम्मपन्न नहुन्जेलका लागि स्थगित गरिएको थियो।

प्रत्येक वर्ष उक्त संयुक्त सैनिक अभ्यासको विरोध गर्ने उत्तर कोरियासँगको तनव अन्त्य गर्ने उद्देश्यले राष्ट्रपति मुनले सो आग्रह गरेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्