हिरासतमा राखिएका धनाढ्य राजकुमार तलाल रिहा



रियाद, (एजेन्सी)
भ्रष्टाचार विरोधी अभियानअन्तर्गत साउदी अरेबियामा हिरासतमा लिइएका विश्वकै सबैभन्दा धनाढ्यमध्येका एक राजकुमार अलवलिद बिन तलाललाई २ महिनापछि रिहा गरिएको छ।

एक अधिकारीका अनुसार वित्तिय सम्झौतालाई सरकारी अभियोजनबाट स्विकृति दिएपछि उनलाई रिहा गरिएको हो। सउदी अरेबियाका युवराज अध्यक्षतामा नयाँ भ्रष्टाचार विराधी संस्थाले नोभेम्बरमा राजकुमार अलवलिदलाई गिरफ्तार गरिएको थियो। उक्त भ्रष्टाचार विरोधी अभियानमा २ सयभन्दा धरै राजकुमार, राजनेता र धनाध्य व्यवसायीहरूलाई हिरासतमा लिइएको थियो। त्यसपछि उनीहरू सबैलाई राजधानी रियादस्थित रिट्ज कार्लटन होटलमा राखिएको थियो। उक्त होटललाई फेब्रुअरीदेखि पुन खोल्ने योजना रहेको छ।

हिरासतमा लिइएका मध्ये रिहा हुनेमा प्रिन्स अलवलिद सबैभन्दा चर्चित व्यक्ति हुन्। रिहाइ अगाडि उनले आफूमाथि कुनै आरोप नलगाएको र उनले युवराज मोहम्मद बिन सलमानप्रति समर्थन प्रकट गरेको रोयटर्सलाई बताएका थिए।अरबपति अलवलिदले एप्पल, ट्विटरजस्ता विश्वका कयौं व्यवसायमा लगानी गरेका छन्। नोभेम्बरमा फोब्र्स पत्रिकाले उनको कुल सम्पती १७ अर्ब डलर रहेको अनुमान गरेको थियो र उनलाई धनाध्यको सूचीमा विश्वका ४५औं स्थानमा राखेका थिए।
अधिकारीहरूले उनी आफ्नो कम्पनी किंगडम होल्डिंगका प्रमुख रहिरहने जनाएको छ। रिहा हुनेमा एमबीसी टेलिभिजन नेटवर्कका प्रमुख वलिद अल इब्राहिम र साही अदालतका पूर्वप्रमुख खालिद अल तुवैजोरी परेका छन्।

रिहाका लागि कति रकम दिएको भन्ने सार्वजनिक नगरिएको भए पनि गत नोभेम्बरको अन्त्यतिर रिहा हुने राजकुमार मितेब बिन अब्दुल्लाले त्यसका लािग १ अर्ब डलर भन्दा बढी तिरेको अनुमान गरिएको थियो।
भ्रष्टाचार विरोधी अभियानका प्रमुख युवराज बिन सलमानमाथि आफ्ना विरोधीहरूलाई हटाउन र आफ्नो पकड बलियो बनाउन उक्त अभियान चलाएको आरोप लगाइएको छ।उक्त अभियानपछि साउदी अरेबियाका महान्यायधिवक्ताले भ्रष्टाचारका घटनाहरूमा कम्तिमा १ सय अर्ब डलर दुरूपयोग भएको र दशकौं सम्म त्यसको अपचलन भइरहेका बताएका थिए।

रिट्ज कार्लटनमा सुरक्षाकर्मीको निगरानीमा अहिले पनि कयौं हिरासतमा छन र भ्यालेन्टाइन डेमा फेब्रुअरीको मध्यसम्ममा होटल पुन खोल्ने योजना रहेको बताइएको छ। हिरासतमा लिएकाहरूसँग सम्झौता हुन नसकेको अवस्थामा उनीहरूलाई जेल चलान गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्