मस्को प्रहरीद्वारा विपक्षी नेता नोभाल्नीको कार्यालयमा छापा



मस्को, (एजेन्सी)
रसियाको राजधानी मस्कोका प्रहरीले रुसी विपक्षी राजनीतिज्ञ एलेक्सेइ नाभाल्नीको कार्यालयमा छापा मारेको छ। राष्ट्रपतीय चुनाव वहिष्कारको समर्थनमा राष्ट्रव्यापी र्यालीहरूको आयोजना हुन लागेको बेला प्रहरीले यो कारबाही अघि बढाएको हो।

नाभाल्नीको आधिकारिक यु ट्युब च्यानलमा राखिएका फुटेजमा सुरक्षाकर्मीहरू एउटा स्टुडियोमा छिरेर त्यहाँका कर्मचारीहरूसंग सोधपुछ गरिरहेको देखिन्छ। नाभाल्नीले आगामी १८ मार्चमा हुन लागेको राष्ट्रपतीय चुनाव वहिष्कार गर्ने आह्वान्सहित आइतबार विारेध प्रदर्शनको आयोजना गरेका थिए। राष्ट्रपति भलादिमिर पुटिनका प्रमुख अलोचकका रूपमा चिनिने उनलाई चुनाव लड्नबाट प्रतिबन्ध लगाइएको थियो। केही अनलाइन फुटेजमा मस्कोस्थित नाभाल्नीको भ्रष्टाचार विरुद्धको संस्थामा रुसी प्रहरीहरू देखिन्छन्।

नाभाल्नीका प्रवक्ताले जवर्जस्ती कार्यालयमा प्रवेश गरेका बम आक्रमणको खतरालाई मध्य नजर राख्दै अनुसन्धान गर्न आएको बताएको जानकारी दिएका छन्। सरकारद्वारा अनुमति प्रापत नभएको ती र्याली आइतबार १ सय वटाभन्दा बढी शहरमा आयोजना गर्ने कार्यक्रम रहेको थियो। नाभाल्नीको कार्यालयलगायत रसियाका बिभिन्न स्थानबाट कम्तिमा २७ जना व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ। नाभाल्नीले भने– ‘यस्तो गिरफ्तारीले विरोध प्रदर्शनको महत्व अझै बढ्न पुगेको प्रतिक्रिया दिएका छन्।

पूर्वी रुसी शहर भ्लदिभोस्तकको मुख्य चोकलगायत नोभोसिविस्र्क, कुर्गान, ओम्स्क, मागादान, केमेरोभो र याकुत्स्कमा प्रदर्शनका लागि सयौं व्यक्ति उपस्थित भएका थिए। पुटिनले चौंथोपटक ६ वर्षीय कार्यकालका लागि चुनाव जित्ने ठूलो सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्