फेडररले इतिहास रचे



मेलबर्न, अष्ट्रेलिया । टेनिस जगतकामहान खेलाडी रोजर फेडररले यहाँभइरहेको पुरुषतर्फकाे अष्ट्रेलिनओपनको फाइनल जितेर इतिहास रचेका छन् । आजको फाइनल खेल जिते लगत्तै बीस वटा ग्राण्ड स्लाम उपाधि जित्ने फेडरर विश्वकै पहिलो खेलाडी बनेका छन् । यो सँगै उनले ६ पटक अष्ट्रेलिन ओपन जितेर नोभाकजोकोभिकको रेकर्डसँग पनि बराबरी गरेका छन् ।

टेनिस खेलमाकयौं रेकर्ड आफ्नो नाममा लेखाइसकेका फेडररको आजको खेल ३० औं ग्राण्ड स्लामफाइनलथियो । यसरी ३० वटा ग्राण्ड स्लामको फाइनलमा फेडरर बाहेक अन्यकुनै पनि खेलाडी पुग्न सकेका छैनन् । आज३ घण्टाभन्दा बढी समयसम्मचलेको संघर्षपूर्ण फाइनल खेलमा ३६ वर्षीय स्वीस खेलाडी फेडररले क्रोयशियन खेलाडी मारिन सिलिकलाई ६–२, ६–७, ६–३, ३–६ र ६–१ को अन्तरले पराजित गरेकाथिए ।

फेडररले यसभन्दा अघि अष्ट्रेलियन ओपन सन् २००४, ६, ७, १० र १७मा गरी पाँच पटक जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्