कृषि संकलन केन्द्र स्थापना



अमृत अर्याल, स्याङजा ।

जिल्लाको वालिङ १४ मा कृषि उपज संकलन केन्द्र स्थापना हुने भएको छ । आजाद बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहिद स्मृति भवनमा बसेको भेलाले कृषकहरुको सजहतालाई मध्यनजर गर्दै संकलन केन्द्रको स्थापना गर्ने निर्णय गरेको हो ।

कार्यक्रममा बोल्दै त्रियाशी कृषि उपज तथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष तथा वडा नं. १ का वडा अध्यक्ष केदार काफ्लेले संकलन केन्द्र स्थापना गर्ने निर्णय निकै स्रहानिय भएको भन्दै भौतिक पुर्वाधार निर्माणमा नगरपालिकासंग समन्वय गर्ने बताउनुभयो ।

संकलन केन्द्रले यहाँ उत्पादन गरिएको किसानको उपजलाई सहजता मिल्ने काफ्लेले बताउनुभयो । संकलन केन्द्र नहुँदा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएको उदाहरण दिदै काफ्लेले संकलन केन्द्र स्थापना गर्ने निर्णयले यहाँका किसानको उत्पादनले बजारको सहजता पाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

संस्थापक उपाध्यक्ष बेदप्रसाद पराजुलीको स्वागतसंगै शुरु भएको कार्यक्रम अध्यक्ष मिनबहादुर लुईटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव चर्तुभुज गैह्रेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्