स्टोक्स अक्सनमा बढी रकममा बिक्री



लन्डन, (एजेन्सी) ।

इंग्ल्यान्ड अल राउन्डर बेन स्टोक्स जारी इन्डियन प्रिमियर लिगको अक्सनमा सबैभन्दा बढी रकममा बिक्री भएका छन् । पहिलो चरणको अक्सनमा उनलाई १४ लाख पाउन्डमा राजस्थान रोयल्सले किनेको हो । गत संस्करणको लिगमा पनि उनी सबैभन्दा बढी १७ लाख पाउन्डमा राइजिङ पुणे सुपरजायन्टसँग आबद्ध भएका थिए ।

यस्तै पहिलो चरणको अक्सनमा केही चर्चित खेलाडीलाई कुनै टोलीले पनि बोली लगाएनन् । जसमा इंग्ल्यान्डका टेस्ट कप्तान जोए रूट, दक्षिण अफ्रिकाका हासिम अमला, वेस्ट इन्डिजका बिस्फोटक ब्याटसम्यान क्रिस गेल, न्युुजिल्यान्डका ओपनर मार्टिन गप्टिल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्