फेडेररलाई रेकर्ड बराबरी गर्ने मौका



मेलबर्न, (एजेन्सी)
अस्टे«लियन ओपनको फाइनलमा पुगेसँगै रोजर फेडेररले मेलबर्नमा रेकर्ड बराबरी गर्ने मौका प्राप्त भएको छ।

शुक्रबार सेमिफाइनल खेलमा दक्षिण कोरियाका हेअन चुंग रिटायर्ड हर्ट हुँदा फेडेरर फाइनलमा पुगेका हुन्। चुंगले खेल परित्याग गर्दासम्म स्विस खेलाडी ६–१, ५–२ को सेटले अगाडि थिए। २१ वर्षीय चुंगले बायाँ पैतालामा फोका उठेपछि खेल्न असमर्थ भएका थिए। अन्तिम चारमा निरास बने पनि उनले यहाँसम्म पुगेर इतिहास रचेका छन्। उनी कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो दक्षिण कोरियाली खेलाडी हुन्।

फेडेररले आइतबार हुने फाइनल खेलमा क्रोएसियाका छैटौें वरियता मारिन चिलीचसँग खेल्नेछन्। ३६ वर्षीय डिफेन्डिङ च्याम्पियनका लागि रेकर्ड बनाउने मौका छ। यदि फाइनल जितेमा उनी रोय इमर्सन र नोभाक जोकोभिचको ६÷६ अस्टे«लियन ओपन उपाधिको रेकर्ड बराबरीमा पुग्नेछन्। साथै उनको करिअरमा २०औं ग्रान्डस्लाम उपाधि हुनेछ।

फेडेरर विश्व टेनिसको इतिहासमा सबैभन्दा सफल टेनिस खेलाडी बनेका छन्। उनले सन् २००३ मा पहिलो ग्रान्डस्लाम उपाधि जितेका थिए। उनले ८ विम्बल्डन, ५–५ अस्टे«लियन र युएस ओपन तथा १ फ्रेन्च ओपन उपाधि जितेका छन्। फेडेरर चोटका कारण सन् २०१३ देखि १०१६ सम्म कुनै पनि ग्रान्डस्लाम उपाधि जितेका थिएनन्। तर गत वर्ष उनले अस्टे«लियन ओपन र विम्बल्डन जितेर टेनिस कोर्टमा पुनः धाक जमाएका छन्।

फेडेरर सातौं पटक अस्टे«लियन ओपनको फाइनलमा पुगेका छन्। उनले आइतबार हुने फाइनलमा करिअरको
२०औं ग्रान्डस्लाम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। २००४, २००६, २००७, २०१० र २०१७ वर्षमा उपाधि जितेका फेडेरर २००९ मा राफाल नाडालसँग फाइनल
हारेका थिए।

प्रतिक्रिया दिनुहोस्