प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने तयारी



एजेन्सी । भारतको माक्र्सवादी कम्युनिष्ट पार्टीले त्यहाँका प्रधानन्यायाधीश दीपक मिश्रलाई हटाउन विधायिकामा महाअभियोगको प्रस्ताव लाने तयारी गरेको छ ।

सो पार्टीका नेता सीताराम येचुरीले मिश्रलाई प्रधान्यायाधीश पदबाट हटाउन प्रस्ताव लैजाने तयारी भइरहेको पुष्टि गरेका बीबीसी हिन्दीले उल्लेख गरेको छ । अहिलेसम्म प्रस्ताव लैजानेबारे निर्णय नभएपनि विपक्षी दलहरुसँग यसबारे छलफल भइरहेको उनको भनाइ छ ।

दुई साताअघि सर्वोच्च अदालतका चार न्यायाधीशले पत्रकार सम्मेलन गरी अदालतमा अनियमितता भइरहेको दाबी गरेका थिए । भारतीय सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक यस्तो घट्ना भएको हो ।

न्यायालयले आन्तरिक रुपमै यो समस्याको समाधान खोज्ने विश्वास लिइएपनि त्यसो नभएकाले अब व्यवस्थापिका र कार्यपालिकाले कदम चाल्ने बेला आएको यचुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्