चीनबाट आक्रमण हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्नः त्साइ



ताइपेई, (एजेन्सी)
ताइवानका राष्ट्रपति त्साइ इंग वेनले उक्त स्वशासित टापुमाथि चीनबाट आक्रमण हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएकी छिन्। ताइवाननजिकै चिनियाँ सैन्य अभ्यासमा भइरहेको वृद्धिलगायत दुई पक्षबीचको बढ्दो तनावका क्रममा राष्ट्रपतिको उक्त बयान आएको हो।
दुई वर्षअगाडि स्वतन्त्रता समर्थक डेमोक्रइटिक पार्टीकी त्साइ राष्ट्रपतिमा निर्वाचित भएदेखि बेइजिङले ताइपेईविरुद्ध शत्रुतालाई तीव्र बनाइरहेको छ। उसले ताइवानलाई आफ्नो छुट्टिएको प्रान्तका रुपमा लिएको छ। चीनलाई त्साइले बेइजिङमा कम्युनिस्ट पार्टी नेताहरूका लागि रेड लाइन मानिएको औपचारिक स्वतन्त्रताका लागि अगाडि बढ्न चाहेको आशंका गरेको छ। तर त्साइले आफू यथास्थितिलाई कायम राख्न प्रतिबद्ध रहेको र शान्ति सुनिश्चितताका लागि कतिबद्ध रहेको बताएकी छिन्।

हालैका महिनामा चीनले ताइवान वरपर सैन्य अभ्यास बढाएको छ। यस ताइवानलाई संशकित पारेको छ। चीनले ती अभ्यासलाई नियमित भन्दै आएको छ। तर उक्त टापुले स्वतन्त्रता घोषणाका लागि गर्ने कुनै प्रयासलाई सहन नगर्ने चेतावनी दिँदै आएको छ।‘यो सम्भावनालाई कसैले पनि अस्वीकार गर्न सक्दैन। हामीले तिनीहरूको नीतिनिर्माता जिम्मेवार छन् वा छैनन् भन्ने हेर्नु पर्छ।’ –त्साइले ताइवान टेलिभिजनलाई दिएको सोमबार प्रसारित एक अन्तर्वार्तामा बताएकी छिन्। चीनले ताइवानमाथि आक्रमण गर्न सक्छ भन्ने प्रश्नको जवाफमा उनले उक्त सम्भावना व्यक्त गरेकी हुन्।

चीनले गौरवताका साथ ताइवानलाई उसको पवित्र भूमिका रूपमा लिएको छ र त्यसलाई चिनियाँ नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न सक्ने सम्भावनालाई कहिल्यै अस्वीकार गरेको छैन।ताइवान र चीनको सम्बन्धलाई ध्यानमा राख्दा कुनै पनि नीतिनिर्माताले युद्धलाई विकल्पका रुपमा अगाडि सार्न अत्यन्तै गम्भीर भएर सोच्नुपर्ने त्साइले बताइन्। चीनको प्रतिरोध र दबाब सामना गर्नुपर्ने अवस्थामा त्यसको प्रतिरोध गर्ने विधि निकाल्ने र त्यो अत्यन्तै महत्त्वपूर्ण हुने उनले थपिन्।

प्रतिक्रिया दिनुहोस्