ट्रम्पले बैठकमा मोदीको नक्कल गरेको खुलासा



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओवल अफिसमा भएको एक बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेको एक समाचारमा जनाइएको छ ।

हाइटी, एल साल्भाडोर र केही अफ्रिकी मुलुकलाई लिएर अभद्र शब्द प्रयोग गरेकोमा ट्रम्पमाथि जातिवादीको आरोप लागिरहेको बेला उक्त जानकारी बाहिर आएको हो । अमेरिकी अखबार वासिङ्टन पोस्टले वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको चर्चाका क्रममा राष्ट्रपति ट्रम्पले मोदीको नक्कल गरेको दाबी गरेको छ ।

ट्रम्प भारतीय लबजमा बोल्न पोख्त रहेको पनि ती अधिकारीहरुले बताएका थिए । मोदीले गत वर्ष भएको भेटवार्ताका क्रममा ट्रम्पलाई अमेरिकाले अफगानिस्तानमा जति काम गरे त्यसको बदलामा अत्यन्तकम प्रगति हासिल गर्ने स्थितिमा कुनै पनि देशले कहिले पनि नगरेको बताएको अधिकारीहरुलाई उद्धृत गर्दै उक्त अखबारले जनाएको छ । मोदीसँग उसकै नक्कल गरी संवाद गर्नु ट्रम्प जातिवादी भएको अर्को उदाहरण हो ।

गत ग्रीष्ममा भर्जिनियामा गोरा सुपरमेसिस्ट प्रदर्शनकारी तथा नव नाजीप्रति सहानुभूति देखाउँदै गरेको टिप्पणीलाई लिएर ट्रम्पको व्यापक आलोचना भएको थियो । गत वर्ष अमेरिका यात्राका क्रामा ट्रम्प र मोदीबीच अफगानिस्तानसहित कयौं मुद्दामा चर्चा भएको थियो । मोदीको उक्त बयान अफगानिस्तानमा फाइदाको स्थितिमा पनि अमेरिका ठगिएको प्रमाण भएको ट्रम्पले भनेको अधिकारीहरुले बताए । भारतीय लबजमा प्रधानमन्त्रीको नक्कल उतारेको विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । डेमाक्रइटिक पार्टिका सांसद राजा कृष्णामूर्तिले मोदीको नक्कल गरेकामा ट्रम्पको कथित बानीको निन्दा गरेका छन् ।

उनले मोदीको नक्कल गरी ट्रम्पले बोलेको समाचार पढेर आफू दुखित भएको बताएको पीटीआईले जनाएको छ । उनले भने– ‘अमेरिकीको पहिचान उनको लबजबाट नभई उक्त देशका लागि उनको मूल्य र आदर्शलाई लिएर उनको प्रतिबद्धताबाट हुन्छ ।’

ट्रम्प यस प्रकारको व्यवहारका कारण पहिला पनि विवादित बन्ने गरेका छन् । विगतमा ह्वाइट हाउसले वासिङ्टन पोस्टको यस प्रकारका समाचारलाई खारेज गर्ने गरेको छ । ट्रम्पले पनि वासिङ्टन पोस्टमाथि ‘फेक न्युज’ भएको आरोप लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्