दुई स्पर्धाको टयालेन्ट शो एकैसाथ



एएनपी मिडिया हाउसले राजधानीमा एकसाथ मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ आयोजना गर्ने भएको छ। आगामी माघ १६ गते मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुवै प्रतियोगिताअन्तर्गतको टयालेन्ट उपाधिका लागि हालै टयालेन्ट राउन्ड गरिएको छ। रोयल फुटक्याफे एन्ड बेंक्वेट, थसीखेलमा सम्पन्न टयालेन्ट राउन्डमा मिस कलेज आइकन २०१८ र लिटिल आइकन नेपाल २०१८ दुवै प्रतियोगिताका प्रतियोगीहरूले नृत्य, गायन, वक्तृत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेर निर्णायक तथा अभिभावकको मन जित्ने कोशिस गरेका थिए। टयालेन्ट राउन्डमा कलाकार शीतल केसी, पूर्णिमा लामा, राज लुइँटेल, गायिका रीता केसी, पवित्रा आचार्य र रवि सुवेदी निर्णायक रहेका थिए। एएनपी मिडिया हाउसका अध्यक्ष लव कार्कीका अनुसार टयालेन्ट उपाधिको विजेताको घोषणा भने अन्तिम प्रतिस्पर्धाकै दिन हुनेछ। मिस कलेज आइकन २०१८ मा अनिशा पोखरेल, सगुन खडका, अनिशा देउला, युनिशा बजगाईं, वृक्षा सिलवाल, गोमा परियार, सलु चौधरी, सिरिन गुरुङ, मीना तामाङ, डोल्मा वाइबा, प्रकृति कार्की, स्रेता बलामी, ऐञ्जली चित्रकार, रोशनी राई, निर्मला पुरी, अस्मी शाक्य, दीपा मगर, सुमी महर्जन, सिस्मा आचार्य र शान्ता कटुवाल गरी १९ जनाले प्रतिस्पर्धा गर्दै छन।

त्यसै गरी लिटिल आइकन नेपालमा तिर्सना नगरकोटी, प्रमिशा राई, रेनुका मगर, कामना राई, रिजु वाङ, अक्षता गुरुङ, अनुष्का तामाङ, अदिती चामलिङ राई, ग्रिवा घिमिरे, सलिना गुरुङ, कुसुम लिम्बु, मञ्जली शाहा, प्रशंसा गुरुङ, सुसिना बराइली, सोनी लामा, सुविना श्रेष्ठ, श्रेया लिम्बु, निशा लामा, अञ्जली शाह, दिया खडकी, प्रियंका थापा मगर, सोनिया राई, रोशनी कार्की, विनीता पुन, प्रेरना विक, सुस्मिता लिम्बु, वर्षा श्रेष्ठ, सफलता अर्याल, दक्षिणा राई, हन्नाह श्रेष्ठ, रागिना शाही, यांकी सिलवाल, रिया राई, लक्ष्य झा, जेनिश शाक्य, निश्चल श्रेष्ठ, अमिर वाइबा, सिहाङ राई, रेडिक्स माली र रौनक चौधरी गरी कुल ४१ जना बालबालिकाले स्पर्धा गर्दै छन।

प्रतिक्रिया दिनुहोस्