नेपाल र चीनको विज्ञापन व्यवसायमा सहकार्य हुने



नेपाल समाचारपत्र
काठमाडौं
बेजिङस्थित ओबीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच द्विराष्ट्रिय व्यापार आदान प्रदान तथा व्यापार तथा लगानीका लागि अन्तर्राष्ट्रिय एवम् व्यापारिक सम्झौता भएको छ।

ओबीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चको अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्वएसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो। ओबीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। चीनको सरकारी पदाधिकारी, नेपाल, बंगलादेश तथा भितनामका सरकारी पदाधिकारीसमेत सहभागिता रहेको थियो। नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवम् वेलकम गु्रपका अध्यक्ष निर्मलराज पौडेल, कार्यबिनायक ट्रेड समूहका राजेश बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंँगोललगायत उद्यमी व्यवसायीको समेत सहभागिता रहेको छ।

उक्त गोष्ठीको दोस्रो दिन नेपाल र चीनको विज्ञापन व्यवसायलाई परिस्कृत बनाउन दुई देशीय व्यापारिक आदान–प्रदान गर्न एक सम्झौतापत्रमा आनका पूर्व अध्यक्ष निर्मलराज पौडेलले हस्ताक्षर गर्नु भएको छ। साथै व्यापारिक सहकार्य र संयुक्त लागानीका लागि राजेश बज्राचार्य र चिनियाँ कम्पनीबीच सम्झौता समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्