एरिक ट्रम्पले भने ‘बन्द हुनु हाम्रा लागि राम्रो हो’



वासिंगटन, (एजेन्सी)
बजेट पारित नहुनुले सरकारी कामकाज थप्प हुनु सरकारका लागि राम्रो भएको एरिक ट्रम्पले फोक्स न्युजलाई प्रतिक्रिया दिएका छन्। यसले डेमोक्र्इटप्रति नकारात्मक धारणा बन्ने आफूले विश्वास गरेको उनले बताए।

फोक्स न्युजका प्रस्तोता जेनिन पिरोलाई दिएको छोटो टेलिफोन अन्तरवार्तामा एरिकले उक्त फरक धारणा दिएका हुन्। राष्ट्रपतिको पहिलो वर्षको कार्यकाल पुरा भएको अवसरमा १ लाख डलरका उत्सवहरूको आयोजनाका लागि एरिक मारएलागोमा थिए। छोटो अवधिका लागि सरकार सञ्चालनका लागि सीमित कोष उपलब्ध गराउने सहमतिपछि राष्ट्रपति सिनेटरहरूसँग वार्ता छोडेर डोनाल्ड ट्रम्प वासिंगटनमै बसेका छन्।

डेमोक्र्इटहरू सानैबेला अमेरिका छिरेका, आवश्यक कागजात नभएको डीएसीए आप्रवासीको सुरक्षा प्रत्याभूति खोजिरहेका छन् र उनीहरूलाई अमेरिकाबाट निस्कासन गर्न नहुने पक्षमा छन्। ट्रम्पले मेक्सिकन सीमामा पर्खाल निर्माणका लागि आवश्यक सम्पूर्ण कोष व्यवस्था गर्न र सैन्य बजेट बढाउन चाहेका छन्। सिनेटका अल्पसंख्यक नेता चक सुमरले शनिबार उक्त मुद्दामा ट्रम्पसँगको सहमति ‘जेलोसँगको वार्ता‘ जस्तो भएको गुनासो गरेका छन्। ‘इमान्दारितापूर्वक भन्नुपर्दा, यो हाम्रो लागि राम्रो हो भन्ने मलाई लागेको छ , किनभने जनताले यसलाई हेर्नेछन् ‘ ट्रम्पका दोस्रो सुपुत्रले पिरोलाई बताए। डेमाक्र्इट नेताहरू उनको पितालाई ध्वस्त पार्न सहमतिमा पुग्न अस्वीकार गरिरहेको उनले दाबी गरे।

‘उनको गतिलाई रोक्न र ध्यान बटार्न सरकारी कामकाज बन्द गर्न चाहेको एक मात्र कारण हो ‘ एरिक ट्रम्पले बताए। आफ्नो पिताले अविश्वनीय गति लिइरहेको र इतिहासमा कुनै पनि राष्ट्रपतिले भन्दा १ वर्षमा धेरै काम गरेको उनले दाबी गरे। डेमोक्र्इट नेताहरू यो सन्देशलाई मोड्ने प्रयासमा रहेको र उनीहरूले यसमा व्यवधान खडा गर्दै आरोप प्रतिस्थापित गर्न खोजेको एरिकले आरोप लगाए। आफ्नो जीवनमा भेटेकाहरूमा आफ्ना पिता सबैभन्दा परिश्रमी भएको र ऊसँग डेमोक्र्इटहरू निक्कै डराएको उनले बताए।

राष्ट्रपतिले फोक्स न्युजमा उनका छोरोको उपस्थितिलाई ट्विट गरेका छन् र एरिकले गरेको राष्ट्रपतिको प्रशंसालाई रिट्विट गरेका छन्। ट्रम्पले सरकारी कामकाज बन्द हुनु ‘हाम्रो लागि राम्रो’ भन्ने एरिकको भनाइमा कुनै टिप्पणी गरेका छैनन्।

सरकारी कामकाज बन्दको प्रभाव
अमेरिकी सरकारले कामकाज बन्द ‘सटडाउन’ को पहिलो दिन शनिबार लाखौं सरकारी कर्मचारीलाई काममा नआउन भनेको छ। सटडाउनपछि करिब ७ लाख संघीय कर्मचारीलाई अहिले काममा नआउन भनिएको छ। यो संख्या कूल सरकारी कर्मचारीको ४० प्रतिशत हो।

सरकारको कामकाज बन्दका कारण सरकारी विभाग बन्द गरिएको छ। यसमा पासपोर्ट कार्यालय, सेन्टर फर डिजिज कन्ट्रोल वा स्वास्थ्य विभागका प्राय सेवा र आयकार विभाग परेका छन्। सेनासँग सम्बन्धित गैरसैनिक कर्मचारीहरूलाई पनि हाललाई काममा नआउन भनिएको छ।
यस अवस्थामा डाक सेवा जारी रहनेछ, संघीय अदालत पनि केही समय खुला रहनेछ। तर अदालतमा पनि केही कर्मचारीलाई अहिले काममा नआउन भन्न सकिने अनुमान गरिएको छ।

देशभरि ४ सयभन्दा धेरै राष्ट्रिय पार्क खुला रहनेछन्, तर त्यहाँ फोहर उठाउने कर्मचारी आउनेछैनन्। राष्ट्रिय सुरक्षा र जरुरी सेवासँग सम्बन्धित सबै विभागमा काम सचारु हुनेछन्। जसमा सैन्य तथा सीमा सुरक्षा बल, प्रहरी र अग्नीसमन सेवा, विमानस्थलमा सुरक्षाकर्मी र हवाई ट्राफिक नियन्त्रणलगायत देशभरि सरकारी चिकित्सक सेवा पनि जारी रहनेछन्।

तर ती सेवाहरूमा आउने कर्मचारीको तलब बन्द समाप्त भएपछि मात्र भुक्तानी हुने छ।
शुक्रबार मध्यरातसम्मको समय सीमामा अमेरिकी सिनेटमा सत्ता पक्षका रिपब्लिकन पार्टी र विपक्ष डेमोक्र्याटिक पार्टिबीच गैरकानुनी आप्रवासीको मुद्दामा सहमति हुन नसकेपछि सरकारी खर्चको विधेयकले पारित हुन नसेकेको हो।
राष्ट्रपति ट्रम्पले सरकारी काम बन्दका लागि विपक्ष डेमोक्र्इटिक पार्टीलाई जिम्मेवार ठहर्याएको छ। हवाइट हाउसले डेमोक्र्इटिक पार्टीमाथि अर्थहीन मागका लागि देशका नागरिकका लागि समस्या उत्पन्न गराएको आरोप लगाएको छ। डेमोक्र्इटिक पार्टीका सिनेटरले बच्चामा आमाबुबासँग अमेरिका आएका करिब ८ लाख आप्रवासीलाई अमेरिकामा बस्न र काम गर्न छुट दिनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्