कामना फिल्म अवार्डस् २०७४, के भन्छन् मनोनयनमा परेका कलाकार?



विधाः संगीतकार


दर्शक भोटले भूमिका खेल्छः अर्जुन पोखरेल
मनोयनः गीतकार र संगीतकार (चलचित्र किस्मत–२ को यी आँखा र निर्भयको यो दुनियाँ) सबै राम्रा–राम्रा संगीतकार मनोनयनमा पर्नुभएको छ। अहिले र विगतका गीतकारहरू एकै विधाको मनोनयनमा पर्नुभएको छ। सबै गीत राम्रो छ। जुरीको सूक्ष्म डिसिजनले जस्तो निर्णय गर्छ, उही व्यक्तिले अवार्ड पाउँछ। अर्को कुरा आम दर्शकको रायले पनि अवार्डको निर्णय गर्दछ। संगीतकारतर्फ पनि सबै संगीतकारको गीतमा फरक मिठास छ। सबै गीतमा नेपालीपन छ र सबै गीत जनमानसले मन पराएका गीत नै हुन्। बाँकी भनेको यसमा पनि दर्शकको भोटले महत्त्वपूर्ण भूमिका खेल्छ।

विधाः ध्वनि मिश्रण


मैले पाउनुपर्ने होः सुनयमान श्रेष्ठ

फिल्मः
छक्का पञ्जा
यस वर्षको उत्कृष्ट र चलेको फिल्म छक्का पञ्जा भएकाले क्यामेराम्यानको अवार्ड त छक्का पञ्जाबाट मैले नै पाउनुपर्ने हो। मसँग नोमिनेसनमा परेका सबै राम्रो छन्। मुकेश शाह मैले काम सिकाएको मान्छे हो भने उत्तम न्यौपाने पनि मेरै साथी हो। सबै आफ्नै साथीभाइ भएकाले जसले पाउन पनि सक्छ।

नोमिनेसनमा पर्नु नै ठूलो कुराः मनोज राजभण्डारी
फिल्मः जात्रा
अवार्ड पाउनुभन्दा पनि नोमिनेसनमा पर्नु नै ठूलो कुरा हो। नोमिनेसनमा परेपछि अवार्ड पाएसरह नै हो। नोमिनेसनमा परेका ५ जनाले नै अवार्ड जितेसरह हो।

 

 

सबैको सम्भवना छः मुकेश शाह
फिल्मः के म तिम्रो होइन र
सबै फिल्म र सबैको काम राम्रो भएका कारणले नै मनोनयनमा परेका हुन्। टप फाइभमा परिसकेका फिल्मबाट अवार्ड कसले जित्छ भन्नुचाहिँ अलि गाह्रो कुरा हो। अवार्ड जित्ने सबैको उत्तिकै सम्भावना छ।

विधाः द्वन्द्व निर्देशक


मैले नै पाउँछुः हिमाल केसी
फिल्मः के म तिम्रो होइन र
सबैले मन पराएको काम हेर्ने हो भने के म तिम्रो होइन रबाट मैले नै उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड पाउनुपर्ने हो। हुन त अरूको काम पनि राम्रो छ, तर म अरू कसैसँग पनि च्यालेन्ज नगर्ने र आफैंसँग च्यालेन्ज गर्ने मान्छे भएकाले आफूले अवार्ड पाउने कुरामा विश्वस्त छु। यो फिल्मबाट मैले सबैको राम्रो प्रतिक्रिया पाएको छु। यदि जुरीले सही र निष्पक्ष निर्णय गरेमा मैले नै उत्कृष्ट द्वन्द्व निर्देशकको अवार्ड पाउँछु।

अनुमान गर्न सक्दिनँः एनबी महर्जन
फिल्मः जय परशुराम
अवार्ड कसले पाउँछ भन्ने कुरा अन्दाज गर्नै सकिन्न। योभन्दा अघिका कतिपय अवार्डमा मैले पनि द्वन्द्व निर्देशकको अवार्ड पाईरहेको छु भने कति अवार्डमा अन्य फिल्मले लगेका पनि छन्। निर्णायक मण्डलको निर्णयको आधारमा निर्णय हुने भएकाले गर्दा पनि अनुमान गर्न सकिन्न।

मैले जित्छु होलाः राजकुमार उप्रेती
फिल्मः लुट–२
अवार्डको नोमिनेसनमा परेपछि त विजेतामा आफ्नै नाम लिनुपर्यो नि हैन र? यस कराण म आफैंले जित्छु होला भन्छु। नोमिनेसनमा परेको आधारमा मात्र भनेको होइन। लुट–२ सबैभन्दा बढी चलेको फिल्म हो। यसको एक्सन सबैले मन पराएका छन्। यो फिल्ममा फिल्मी एक्सन छैन, रियालिटी एक्सन प्रयोग गरिएको छ। रियल ग्याङफाइट कसरी हुन्छ भन्ने कुरा देखाइएको छ। एक्सन मुभी भएकाले बेस्ट एक्सनको अवार्ड लुट–२ ले नै पाउँछ भन्ने लाग्छ। तर, पनि अरूले जिते पनि हामी सबै साथीभाइ नै हौं, त्यस कारण खुसी नै हुन्छु।

जसले पाए पनि खुसीः रोशन श्रेष्ठ
फिल्मः किङ
मैले अवार्डभन्दा पनि दर्शकको माया चाहेको हुँ र जुन मैले पाइरहेको छु। अवार्ड जसले पाए पनि खुसी छु। नोमिनेसनमा हुने एनबी महर्जन हामीभन्दा सिनियर हुनुहुन्छ। नयाँ भाइहरूले पनि निकै राम्रो काम गरेका छन्। म उनीहरूको कामलाई सराहना गर्छु। जसले पाए पनि प्रोत्साहन हुने न हो। जसले अवार्ड पाउनुहुन्छ, म उहाँलाई अहिले नै बधाई भन्न चाहन्छु।

मै मात्र हो अवार्ड नपाउनेः चन्द्र पन्त
फिल्मः किस्मत–२
सबै एकसे एक हुनुहुन्छ। टप फाइभमा पर्नुहुने सबै एकदमै राम्रो काम गर्दै आउनुभएका व्यक्तिहरू हुनुहुन्छ। हिमाल केसी दाइ निकै राम्रो हुनुहुन्छ। रोशन श्रेष्ठ, एनबी महर्जन, राजकुमार उप्रेती सबैले राम्रो काम गर्नुभएको छ। उहाँहरू सबैले विभिन्न अवार्ड समारोहमा अवार्ड पाइसक्नुभएको छ। म मात्र हो यस वर्ष अवार्ड नपाउने। म नाम नै लिएर अन्याय गर्न चाहन्न। जसले अवार्ड पाउनुहुन्छ उहाँलाई बधाई दिन चाहन्छु। अवार्ड जसले पाए पनि खुसी हुनुपर्छ, अरूले अवार्ड पायो मैले पाइन भनेर मन दुखाउनु हुँदैन।

प्रतिक्रिया दिनुहोस्