बार्षिक साढे चार लाख टिप निर्माण सामाग्री काठमाडौं निर्यात



मोतीराम तिमल्सिना, काभ्रे ।
भुकम्प जानु अघि सडक र ठुला ठुला भौतिक पुर्वाधारहरु निर्माणका लागि दैनिक २२ सय भन्दा धेरै सवारी साधन अरनिको राजमार्ग हुँदै राजधानी प्रवेश गर्छन तर ति मध्ये टिपरहरु मात्रै दैनिक १ हजार भन्दा धेरै टिपर मात्रै प्रवेश गर्छन ।

निर्माण सामाग्री गिट्टी, बालुवा र ढुंगा बोकेर बार्षिक साढे चार लाख टिप सामाग्री राजधानीमा निर्यात भएको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै १ लाख ९३ हजार टिप सामाग्री राजधानी निर्यात भएको छ । सिन्धुपाल्चोकबाट २ लाख १० हजार टिप, सिन्धुली २५ हजार टिप निर्माण सामाग्री निर्यात हुँदै आएको छ । बार्षिक ६ लाख टिप सामाग्री खपत हुने गरेको छ । ८ लाख ट्रक टिपर बापत राजधानीमा निर्माण सामाग्री निर्यात भईरहेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरिएको छ ।

खुल्ला क्षेत्रमा हुने ब्यवसाय प्रति हेर्ने नजर राम्रो नभएको भन्दै ब्यवसायीहरुले टिपर ब्यवसायलाई आतंकका रुपमा नलिन आग्रह गरेका थिए । तर सर्वसाधारणलाई अति आवश्यक भएको सवारी साधन टिपरलाई आतंकको रुपमा हेर्न थालेका छन् । बाग्मती टिपर ब्यवसायी संघमा आवद्ध भएका १ सय ४५ वटा टिपरहरु दुर्घटनामा परेका छन् । सघमा दर्ता भएका गाडीबाट आर्थिक वर्ष २०७३÷२०७४ मा ४९ लाख, मासिक शुल्क १ करोड ५६ लाख संकलन भएको छ । बार्षिक २ करोड १४ लाख रुपैया आम्दानी भएको छ । प्रशासनिक खर्च ४९ लाख २ हजार, क्षतिपुर्ति बापत ६१ लाख १९ हजार समेत गरी १ करोड ३ लाख रुप्ैया खर्च भएको छ ।

बागमती टिपर ब्यवसायी संघको सातौ बार्षिक साधारण सभा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । उक्त सभामा बोल्दै अधिकांश ब्यक्तिहरुले दुर्घटना न्युनिकरण गर्ने उपाय खोजी गर्न अनुरोध गरेका थिए ।

अध्यक्ष शेरबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यातायात विज्ञ योगेन्द्रनाथ कर्माचार्य, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, हेभी इक्विमेन्टका अध्यक्ष ताराबहादुर कुँबर, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख सहकुलबहादुर थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, यातायात ब्यवसायीहरु लगायतले टिपर ब्यवसायीहरुले निर्माण क्षेत्रमा पु¥याएको योगदना तथा दुर्घटना न्युनिकरणका बारेमा बोलेका थिए । टिपर चालकलाई दुर्घटना कम गराउन खेल्नु पर्ने भूमिकाका बारेमा समेत ध्यान दिन सहभागिहरुले सुझाव दिएका थिए ।

साँगा सिमानाबाट राजधानीमा मात्रै बार्षिक साढे चार लाख टिप निर्माण सामाग्री गिट्टी बालुवा र ढुंगा निर्यात भईरहेको तथ्याङ्क सचिव प्रेम लामाले प्रस्तुत गरे । कार्यक्रममा संस्थापक अध्यक्ष राजभक्त प्रधान, ब्यवसायीहरुले हरेक दुर्घटनामा टिपर मात्रै दोषि देखाउने गरिएको, अन्य सवारी साधनको गल्ति हुँदा पनि टिपरलाई दोषि देखाएको, राज्य र सर्वसाधारणबाट समेत कानुन अनुसार संचालन भएको ब्यवसायलाई हेर्ने दृष्टिकोण खराब भएको ब्यवसायीहरुले बताएका थिए । कार्यक्रममा सचिव प्रेम लामा र कोषाध्यक्ष ठाकुर गौतमले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्वत पास भएको थियो । बाग्मति टिपर ब्यवसायी संघमा ८ सय भन्दा धेरै टिपर आवद्ध छन् ।

दैनिक काभ्रेको राजमार्गमा २ हजार २ सय भन्दा धेरै सवारी साधन निर्माण समाग्री लिएर गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्