हरिबिजोग सडक



नारायणघाट–मुग्लिन सडकखण्डको हरिबिजोग देखेपछि धरहरा दुःखी भएको छ। सरकारी काम कहिले जाला घाम भनेझैं सो सडकखण्ड निर्माण गर्न अझै ५ वर्ष लाग्ने धरहराको अनुमान छ।

राति काम गर्न भन्दै सो सडक बन्द गरिए पनि केही लछारपटार नलागेर फेरि दिउँसो काम गर्ने रे ? विचरा⁄ यात्रुलाई अलपत्र पारेर काम ढिलो गरी ठेकेदार कम्पनीले लापरबाही गरेको गुनासो धरहरासम्म आइपुगेको छ। नारायणघाटबाट मुग्लिन पुग्न झन्डै १२ घण्टा लाग्ने भएपछि यात्रुलाई निकै सास्ती भएको छ।

सडक नबन्दा जाम खेप्नुपरेपछि यात्रुले वैकल्पिक व्यवस्थाको खोजी गर्न थालेका छन्। निर्माण कम्पनीले चाँडै निर्माण कार्य नसक्दा कतै फेरि सो सडक खण्ड निर्माण कार्य नसकिँदै पुनः भत्किन्छ कि भनेर धरहरावरपर चर्चा हुन थालेको छ। कि चाँडै गुणस्तरीय काम सक्नुस् नत्र चुप लागेर बस्नुस् धरहराको प्रश्न निर्माण कम्पनीलाई। कि कसो पाठकवृन्द⁄

प्रतिक्रिया दिनुहोस्