कोहली वर्ष क्रिकेटर घोषित



नयाँ दिल्ली, (एजेन्सी) । भारतीय क्रिकेटको कप्तान विराट कोहली आईसीसी अवार्डस्मा २०१७ का क्रिकेटर अफ द इयर बाट सम्मान भएका छन् । उनलाई वर्ष क्रिकेटर बनेकोमा सर गारफिल्ड सोबर्स ट्रफी दिइएको छ। उनलाई यसका साथै आईसीसीका टेस्ट र वानडेको कप्तान समेत बनाइएको छ ।

यसरी आईसीसीका दुबै फरम्याटमा कप्तान बन्नेमा कोहली तेस्रो कप्तान हुन् । यसअघि २००४ र २००७ मा अस्टे«लियाका पूर्व कप्तान रिकी पोन्टिङ तथा २००९ मा भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई आईसीसीको दुबै टोलीका लागि कप्तान घोषित गरिएको थियो ।

भारतीय कप्तान कोहलीले २१ सेप्टेम्बर २०१६ देखि डिसेम्बर २०१७ सम्म टेस्टमा ७७.८० को औसतमा २ हजार २ सय ३ रन बनाए । जसमा ८ सतक पनि सामेल थिए । त्यस्तै वानडेमा ८२.६३ औसतसहित १ हजार १ सय १८ रन बनाए । त्यस्तै टी २० मा १ सय ५३ को स्ट्राइक रेटमा २ सय ९९ रन जोडेका थिए ।

उनी सबैभन्दा बढी रन बनाउने ब्याटसम्यान भएका थिए । २६ खेलमा ७६.८४ औसतले १ हजार ४ सय ६० रन उनले बटुलेका थिए । यसै दौरानमा ६ सतक र ७ अर्धसतक उनले ठोके पनि । यसअघि कोहलीलाई २०१२ वर्षमा यो पुरस्कारले सम्मानित गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्