महिला भलिबललाई सेबको सहयोग



काठमाडौं, (नेस)
ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितालाई सामाखुसी बोर्डिङ स्कुल (सेब) ले सहप्रायोजन गरेको छ। बुधबार आयोजित कार्यक्रममा सेब स्कुलका प्रिन्सिपल युवराज थापा, स्कुलकी संस्थाक निर्देशक मधुमाया थापाले आयोजक ढोरपाटन स्पोर्टस् क्लका अध्यक्ष मनवीर छन्त्याललाई संयुक्त रूपमा २ लाखको चेक हस्तान्तरण गरे।सेबले १ लाख नगद र १ लाखबराबरको खेलकुद पोसाक, ब्यानरमा खर्च गर्नेछ। सोही अवसरमा बिजी मलकी बजार प्रमुख पुजालअधिकारीले पनि छन्त्याललाई सह–प्रायोजन बापतको १ लाख १० हजार रूपियाँको चेक हस्तान्तरण गरिन्।

रेडबुलले मुख्य प्रायोजन रहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष छन्त्यालले पत्रकार सम्मेलनमा जानकारी दिए। नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ १९ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्यु डायमन्ड एकेडेमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाई स्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल टोली, पारामाउन्ट हाइस्कुल, स्प्रिङडेल इङ्लिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्रीस्टार एकेडमीको सहभागिता रहनेछ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपबिजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउनेछन्। यस्तै चौथो हुनेले ५० हजार, पाचौंले ४० हजार, छैठौंले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्