मार्टा तेस्रो चरण पुग्ने युवा खेलाडी



मेलबर्न, (एजेन्सी) । मार्टा कोस्ट्युक १९९७ पछि ग्रान्डस्लाम टेनिस प्रतियोगिताको तेस्रो चरणमा पुग्ने सबैभन्दा युवा खेलाडी बनेकी छन् ।
विश्व वरियतामा ५ सय २१ औं स्थानमा रहेकी मार्टाले मेलबर्नमा जारी अस्टे«लियन ओपनमा ओलीभीया रोगोस्कालाई ६–३, ७–५ ले हराएकी हुन् । सन् १९९७ मा मिर्जाना लुसिक बारोनीले युएस ओपनमा १५ वर्षको उमेरमा तेस्रो चरणमा स्थान बनाएकी थिइन् ।

युक्रेनकी मार्टा पनि सोही उमेरमा ग्रान्डस्लामको तेस्रो चरणमा पुगेकी छिन् । त्यस्तै १९९६ मा मेलबर्नमा युवा खेलाडीको रुपमा अन्तिम १६ मा पुग्नेमा मार्टिना हिंगिसपछि उनले सो उपलब्धि हासिल गरेकी छिन् । मार्टा २०१७ अस्टे«लियन ओपन गल्र्सको च्याम्पियन समेत हुन् ।

 

प्रतिक्रिया दिनुहोस्