सुपरस्टार रोनाल्डिन्होले लिने भए फुटबलबाट सन्यास



लण्डन,
ब्राजिल सुपरस्टार मिडफिल्डर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट सन्यास लिने भएका छन् । ३७ वर्ष पुगिसकेका उनले सन्यास लिने घोषणा गरेको उनको एजेन्ट रोबर्टो असीसले जनाएका छन् । व्यवसायी रोबर्टो रोनाल्डिन्होका दाई हुन् ।

सन् २०१५ मा ब्राजिलको क्लब फ्लुमुनेन्स छाडे यता रोनाल्डिन्हो फ्रि एजेन्ट थिए ।अब उनले रुसमा हुने विश्व कपपछि ब्राजिल ,युरोप र एसियामा केही कार्यक्रम गर्दै उनको सन्यासलाई औपचारिकता दिने योजना रहेको स्रोतले बताउँछ ।

ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक फुटबल सुरु गरेका रोनाल्डिन्हो पिएसजी, मिलान र बार्सिलोना लगायतका क्लबबाट खेलिसकेका छन् । बार्सिलोनामा ५ वर्ष बिताउँदै उनले २ सय ७ खेल खेले जसमा ९७ गोल पनि गरेका थिए ।

ब्राजिलको राष्ट्रिय टोलीबाट उनको ९७ खेलमा ३३ गोल गरेका छन् ।ब्राजिलबाट २००२ को विश्व कप, बार्सिलोनाबाट २००६ को च्याम्पियन्स लिग जितेका उनले २००५ को ब्यालोन डी ओर उपाधि पनि हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्