दुरी घटाउँदै म्यानचेस्टर युनाइटेड



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडले सोमबार रातिको खेलमा जित हात पारेर प्रिमियर लिग शीर्ष टोली म्यानचेस्टर सिटीसँग दुरी १२ अंकमा झारेको छ ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३–० गोलअन्तरले हराएको हो ।

अघिल्ला दिन सिटी लिभरपुलसँग हारेपछि युनाइटेड दुरी छोट्याउन सफल भएको छ । पहिलो हाफमा एन्टोनियो भेलेन्सिया र एन्थोनी मार्सियल र रोमेलु लुकाकुले दोस्रो हाफमा गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्