काल्र्सवर्गद्वारा विकासलाई सम्मान



काठमाडौं, (नेस)
लिभरपुल एफसीसँगको आफ्नो २५औं वार्षिकोत्सव मनाउन काल्र्सवर्गले निकै नै अद्भूत द रेड हप् बियरको उत्पादनसँगै लिभरपुलका समर्पित प्रशंसक स्वर्गीय विकास न्यौपानेलाई सम्मान गरेको छ।

सन् २०१६ को डिसेम्बरमा क्रोनिक डिजिजका कारण बित्नुभएका स्वर्गीय विकास न्यौपाने इंग्लिस क्लब लिभरपुलका समर्पित प्रशंसक थिए। गोर्खा बु्रअरीको उत्पादन काल्र्सवर्गले सो इभेन्टमा उहाँलाई सम्मान गरेको हो। गोर्खा बु्रअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सबै खेलाडीले हस्ताक्षर गरेको जर्सी प्रदान गर्नुभएको थियो। जुन उहाँलाई यूकेको लिभरपुल फुटबल क्लबले पठाएको थियो।

विकासका पिता टेकबहादुर न्यौपाने र उनकी बहिनी सुलोचना न्यौपानेले उक्त फ्रेम गरिएको जर्सी स्वीकार गर्नुभयो। जर्सी स्वीकार गर्दै टेकबहादुर न्यौपानेले काल्र्सवर्ग र लिभरपुललाई उहाँको स्वर्गीय छोरालाई सम्मान गरेकामा कृतज्ञता व्यक्त गर्नुभएको थियो। उहाँ दृष्टिविहीन हुनुहुन्छ।

इभेन्टमा विकासको जीवन र लिभरपुलप्रति उहाँको मायालाई दर्साउने छोटो भिडियो देखाइएको थियो, जसले सबै लिभरपुल प्रशंसकहरूलाई धेरै नै भावुक बनाएको थियो। स्वर्गीय विकासको सम्झनामा केही बेर मौन धारण पनि गरिएको थियो। त्यसपछि इभेन्टमा लिभरपुलविरुद्ध म्यान सिटीको १४ जनवरी २०१८ को म्याच पनि देखाइएको थियो। उपस्थित आगन्तुकहरू, लिभरपुलका समर्पित प्रशंसकहरूले एक–एकवटा लिमिटेड एडिशन रेड हप् काल्र्सवर्ग बोटल प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्