पुरुष मोडलसामू हस्तमैथुन गर्ने फोटोग्राफर !



न्युयोर्क सिटी, (एजेन्सी)
विश्व चर्चित फेसन फोटोग्राफर मारियो टेस्टिनो र ब्रुस वेवरलाई पुरुष मोडलहरू र आफ्ना सहायकहरूलाई यौन उत्पीडन गरेको आरोप लगाइएको छ। अमेरिकाको न्युायोर्क टाइम्स अखबारमा छापिएको एक लेखमार्फत यिनीहरूलाई यस्ता थुप्रै आरोप लगाइएको छ।

फेसनसम्बन्धी विश्व विख्यात भोगलगायतका अन्य पत्रिकाका प्रकाशक कोनडे नास्टले टेस्टिनो र वेवरका सम्पूर्ण तस्वीर नछाप्ने निर्ण गरिसकेको छ। वेवरले यस आरोप ठाडै अस्वीकार गरेका छन्।

टेस्टिनोका वकिलले भने– ‘उनलाई आरोप लगाउने श्रोतहरू भरपर्दो नभएको स्पष्ट पारेका छन्।’ वेवेरले आफ्नो वकिलमार्फत उक्त न्युयोर्क टाइम्सलाई पठाएको एक पत्रमा भनिएको छ, ‘म माथि लगाइएका लज्जास्पद आरोपहरूबाट दुखी र स्तब्ध भएको छुँ। म ती आरोपलाई सिधै अस्वीकार गर्दछुँ।’

यसैगरी विगतमा केट मोस, म्याडोना, मिचेल ओवामा र शाही परिवारका सदस्यहरूसँग काम गरेका ६३ वर्षीय टेस्टिनो विरुद्ध यौन उत्पीडन गरेको भन्दै १३ जना मोडल र सहायकहरूले अभियोग लगाएका छन्।
नब्बे दशकको मध्यदेखिको आरोपमा टेस्टिनोले ती पुरुषका संवेदनशील अंग समाउने र हस्तमैथुन गर्ने गरेको उल्लेख गरिएको छ। गुस्सी कम्पनीका लागि मोडलिङ गर्ने र्यान लोकेले टेस्टिनोलाई यौन आक्रमणकारीको संज्ञा दिएका छन्। अर्का सहायक रोमान ब्यार्रेटले सधैं यौन उत्पीडन गर्ने टेस्टिनोले आफ्नैसामू हस्तमैथुन गरेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्