१० दिनदेखि अँध्यारो झेल्दै बैतडीका बासीन्दा



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिका १ श्रीखण्डमा गएको १० दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा स्थानीय ९० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युतको ट्रान्सफर्मरमा समस्या आएका कारण विद्युत सेवा अवरुद्ध भएको हो ।

विद्युत हुँदा मोबाइल चार्ज गर्न समेत मुस्यौचोर बजार धाउनुपर्ने बाध्यता रहेको स्थानीयबासी पुस्कर भट्टले जानकारी दिनुभयो ।
विद्युत अवरुद्ध भएको बारेमा नेपाल विद्युत प्राधिकरणलाई बारम्बार जानकारी गराएपनि कुनै पहल भएको छैन उहाँले भन्नुभयो “विद्युत सेवा अवरुद्ध भएको बारेमा वडा अध्यक्ष र दशरथचन्द नगरपालिका प्रमुखलाई समेत लिखित जानकारी गराईसकेका छौं ।”

सम्बन्धित सबै निकायमा विद्युत अवरोध भएको बारेमा खबर गर्दा समेत १० दिन सम्म पनि कुनै चासो नदिएको उहाँको आरोप छ । विद्युत नहुँदा कुटानीपिसानी तथा विद्यार्थीको पठनपाठन समेत प्रभावित हुने गरेको छ ।

अवरुद्ध विद्युत सुचारुका लागी नेपालविद्युत प्राधिकरणलाई आग्रह गरिएको वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिनुभयो ।
ट्रान्सफर्मरमा बिग्रेकोले बाहिरवाट आउने भएकोले विद्युत सुचारु हुन केही दिन अझै लाग्ने नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्