तिब्र शहरिकरणले भक्तपुरको औद्योगिक क्षेत्र धरासायी बन्दै



नेपाल समाचारपत्र, भक्तपुर ।
तिब्र शहरी बिकाससँगै भक्तपुरका उद्योगधन्दाहरु धरासायी बन्दै गइरहेको उद्योगी ब्यवसायीहरुले बताएका छन् ।

रफत सञ्चार क्ल्बमा आइतबार आयोजित कार्यक्रममा उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको बिस्तार र ब्यवसायको पाटो पहिचान गरि शहर बिस्तार गर्न नसक्दा उद्योगव ब्यवास धारासायी बन्दै गएको बताउनु भयो ।

उहाँले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग बाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आएता पनि सरकार र स्थानीय सरकाले लागनीमैत्री वातारण निमार्ण गर्न नसक्नु र सामान्य पूर्वाधारको तयार गर्न नसक्नुनै भक्तपुरको उद्योग फष्टाउन नसकको बताउनु भयो ।

कार्यक्रममा संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकिय विकासका लागी सरकार समेत उदासीन रहेको बताउनु भयो । यहाँका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको जानकारी दिदैं मानन्धरले औद्योगिक विकासका लागी थप औद्योगिक क्षेत्रको स्थापना गरिनुपर्ने जोड दिनु भयो ।

त्यस्तै कार्यक्रमा उद्योगी ब्यवासायी तथा नव उद्योग बाणिज्य महासंघ भक्तपुरका अध्यक्ष राम प्रसाद प्रजातपतिले केन्द्रीय तथा स्थानीय सरकारले भक्तपुरमा औद्योगिक विकासका लागी सक्दो पहल गरे भक्तपुर बिभिन्न बिद्याको उपयुक्त उद्योगका रुपमा बिकास गर्न सक्ने बताउनु भयो ।

कार्यक्रममा भक्तपुरका बिभिन्न उद्योगी ब्यवसायीहरुले भक्तपुरको साना तथा घरेलु उद्योगका साथै अन्र्य सम्भावित उत्पादनको पहिचान गरि उद्योगका रुपमा बिसका गर्न सके भक्तपुरको समग्र बिसका गर्न सकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्