कारवाही गर्ने प्रहरी नै जुवा खेल्दै गरेको भेटिएपछि… (भिडियो)



शेरबहादुर थापा, सुर्खेत । तपाईले कतै सुन्नु भएको छ वा देख्नु भएको छ जुवाडेलाई कारवाही गर्ने प्रहरी नै जुवा खेल्दै गरेको ? तर यो सुर्खेत जिल्ला ट्राफिक प्रहरी कार्यालय भित्रै पुस २७ गते दिउसो अन्दाजी ३ बजे हवल्दार नरेश खत्री, हवल्दार प्रविण थापा र प्रहरी जवान ज्ञान बहादुर बिकले गरेको चर्तिकला हो ।

उनीहरु यहाँसम्म की पोसाकमै उनीहरुले जुवा खेलिरहेको भिडियो समेत भाईरल भयो ।
के भएको थियो ?
सुर्खेतका अटो व्यवसायी विनोद सिंह विष्ट पुस २७ गते एउटा ग्यारेजमा काम गर्ने चंखे नाम गरेका व्यक्तिलाई अनाहकमा हिरासतमा लिएको कारण बुझ्न उनि जिल्ला प्रहरी कार्यालय पुगे ।

त्यहाँ जाँदा उनले जिल्ला ट्राफिक प्रहरी हवल्दार नरेश खत्री लाई भेटन खोजे । उनी कार्यालय बाहिर रहेको खबर अन्य प्रहरीले दिए तर विष्ट कार्यालय भित्रै गए र उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा फेला पारे । र उनले झण्डै ६ मिनेट लामो भिडियो सार्वजनिक गरे ।

भिडियोमा तिनै जना जुवा खेलिरहेको र व्यवसायी विष्ट बिच बार्गेनिङ समेत भइरहेको छ । अहिले सम्म उक्त भिडियोलाई झण्डै १५ हजार भन्दा बढीले हेरिसकेका छन् ।
भिडियाे डाउनलाेड गर्नुहाेस
videoplayback

हामीसँग कुरा गर्दै विष्टले प्रहरीले यसरी अनाहकमा कसैलाई हिरासतमा लिनु गलत भएको बताए । साइलेन्सर फेर्न नजानेको निहुँमा कसैलाई हिरासतमा राखिनु अन्यायपूर्ण र ज्यादतिपुर्ण भएको उनको भनाई छ ।

यता कार्यालय भित्रै जुवा तास खेलिरहेको भिडियो सार्वजनिक हुनु प्रहरीको गैरजिम्मेवार कार्य भएको मध्यपश्चिमाञ्चल  विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । उनले भने, ‘प्रहरी नै यस्तो कार्यमा सहभागि हुनु गैरजिम्मेवार र नैतिकताहिन कार्य हो ।

उनीहरुलाई कडा कारवाही हुनुपर्छ ।’ उनका अनुसार प्रहरीले सुरक्षा व्यवस्थामा ध्यान दिनुपर्नेमा यसरी तास खेल्दै बस्नुले विधिको शाशनमाथिको खेलवाड भएको आरोप लगाए ।

के भन्छन ट्राफिक हवलदार प्रविण
यता समाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि तास खेल्दै गरेको देखिएका हवल्दार प्रविण थापा भने कार्यालय समय पछि तास खेलेको स्वीकार्छन । उनले आफ्नो बचाउ गर्दै भने, ‘कार्यालयमा आफ्नो डिउटी सकाएर, करिव ३ बजे पछि ड्रेस चेन्ज गरेर मात्रै खेलेको हो ।’ उनले भने, ‘हामीसँग फुर्सद नहुने हुँदा विदाको दिन परेकाले १ डेढ घण्टाको समयमा खाली थियौं ।

अन्य बाहिरी ठाउँमा जाने कुरा पनि हुदैन त्यसैले तास खेलका हौँ ।’ उनले आफू र कार्यालय प्रमुख सहित १ जवानले जुवा खेलेको स्विकार गरे ।
जिल्ला प्रहरी एक्सनमा
सामाजिक सञ्जालमा तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय एक्सनमा आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चतुर्वेदीले तिनै जनालाई छानविन गरिने र दोषि पाईए कडा कारवाही गरिने प्रतिक्रिया दिए । उनले कार्यालय भित्रै तास खेल्ने कार्य अनुचित भएको र असैह्य भएको बताउँदै तत्काल छानविन समिति समेत गठन गरिने जनाए ।

उता क्षेत्रीय ट्राफिक प्रमुख राजेन्द्रसिंह खड्काले समेत आवश्यक छानविन पश्चात कारवाही गरिने बताए । अहिले आफु दाङमा रहेको सुर्खेत जिल्ला प्रहरी र प्रदेश प्रहरीले छानविन सुरु गरिसकेको बताउँदै एसपी खड्काले प्रहरी नियमावली अनुसार कारवाही गर्ने प्रतिबद्धता जनाए ।जिल्ला ट्राफिक कार्यालय सुर्खेतमा हाल ११ जना कर्मचारी कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्