कस्तो उदाहरण ?



वर्तमान सरकारको मुख्य साझेदार दल माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरूले शुक्रवार सामुहिक राजिनाम गरेका छन्। काम चलाऊ भएको करिव ३ महिनापछि सरकारबाट मन्त्रीहरू हटेका हुन्। ढिलै भएपनि माओवादी मन्त्रीहरूले ‘बहादुरी’ प्रस्तुत गरेका छन्।

सरकारलाई सत्ता हस्तान्तरण गर्न दवाव दिने उद्देश्यले आफूहरूले राजिनाम दिएको उनीहरूको तर्क छ। गत असोज ३१ गते प्रधानमन्त्री देउवाले माओवादीका ९ मन्त्री र ७ राज्यमन्त्रीलाई जिम्मेवारी मुक्त गराएर विना विभागिय बनाएका थिए। अब पूर्व मन्त्री भएकाहरूकै शब्दमा राजिनाम एउटा उदाहरणीय काम भएको छ।

तर धरहराको बुझाई भने केही फरक छ– विना विभागिय हुने वित्तिकै राजिनाम गर्या भए पो।’ विना जिम्मेवारी ३ महिनासम्म सरकारमा टासिएर अनेकौ सुविधा र पुस मसान्तसम्मको तलब लिने रणनीतिका साथ सरकार छोडेपछि कस्तो उदाहरण, कस्तो बहादुरी ? यस्तै आलोचना हुने भएर होला मन्त्रीबाट हटेका जनार्दन शर्मा र गिरिराज मणि पोखरेलले काम चलाऊ भएपछिको तलव नलिने बताएका छन्।

अविवाहित पोखरेललाई न श्रीमतिलाई घर खर्च दिनु छ न त छोराछोरीलाई। उनी यसै उदार उसै उदार। शर्मा र पोखरेलको सिको गर्दै तलव लिन्न भन्नेहरूको सूचि भोली पर्सीसम्ममा थपिदै जाने धरहराले बुझ्या छ। अहिले तलव लिन्न भन्नेहरू नव निर्वाचित सांसदज्यूहरू, संसदको सपथ लिएपछि पनि तलव नलिने कि ?

प्रतिक्रिया दिनुहोस्