नयाँ दूतावास उद्घाटन गर्न ट्रम्प बेलायत नजाने



वासिंगटन, (एजेन्सी)
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी दूतावासको आधिकारिक उद्घाटनका लागि अर्को महिना बेलायतको आफ्नो प्रस्तावित यात्रा रद्द गरेको छ। उनले दूतावासलाई मध्य लन्डनबाट एकान्ट ठाउँमा लाने पूर्वराष्ट्रपति ओबामा प्रशासनको फैसलालाई खराब व्यापार भएको बताएका थिए।

ट्रम्पले ट्विटरमा पेस मेफेयर इलाकाको ग्रोसवेनर स्क्वायरबाट दूतावासलाई निन इल्मस सार्ने १ अर्ब २० करोड डलरको उक्त परियोजनाको आलोचना गरेका छन्।

उनले नयाँ र अलग्ग स्थानमा १ अर्ब २० करोड डलरमा दूतावास निर्माणका लागि लन्डनमा सम्भवतः सबैभन्दा राम्रो दूतावासलाई कौदीको भाउमा बेच्ने ओबामा प्रशासनको निर्णय आफूलाई मन नपरेको बताए।

त्यसैले आफूले लन्डनको यात्रा रद्द गरेको उल्लेख गरेको छ।

अब नयाँ दूतावासको उद्घाटन विदेशमन्त्री रेक्स टिलरसनले गर्नेछ। उक्त दूतावास जनवरी १६ देखि कर्मचारीका लागि खोलिनेछ। डाउनिङ स्टिटले ट्रम्पको बेलायत यात्रा रद्द गर्ने निर्णयमा कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया दिनुहोस्