नेपालको पर्यटनको अवस्था




दीपकराज जोशी


प्रमुख कार्यकारी अधिकृत
नेपाल पर्यटन बोर्ड

सन् २०१७ मा पर्यटकको आगमन सबै भन्दा उत्साहजनक ढंगमा देखीएको छ।यसले सम्रग पर्यटन क्षेत्रको र यस क्षेत्रलाई माया गर्ने सरकोकार वालहरूलाई समेत लाई आत्मविश्वास जगाएको अवस्था छ। विगतमा धेरै वर्ष एक खाले संकटबाट गुज्रेको विभिन्न घटनाहरूका वावजुत पनि पनि यहाँ सम्म पर्यटक उद्योग आएको छ। अहिले स्थानीय तह प्रदेश र प्रतिनीधिसभाको निर्वाचन समापन भइसकेको छ। अवआउने नयाँ स्थिर सरकारले बन्नछ र देश आर्थिक विकासमा पुग्छ भन्ने सबैको वुझाई रहेको छ। सरकारले नागरिक समाजले मिडियाले हामी सबैले आर्थिक विकासको लागि मानेको क्षेत्रभनेको कृषि,पर्यटन र उर्जानै हो यसमा पनि हाम्रो भएको।यसमा पनि अझधेरै पर्यटन क्षेत्रमा धेरै प्रयाप्त सम्भावना रहेको छ।जसको लागि थोरै लगनशिल भएर फरक ढंगले प्रचार प्रचारमा लागियो भने नेपाल पर्यटन विकास गर्न सकिन्छ। यसले सरकारले पर्यटनलाई नै पहिलो प्राथमिकता दिएर योजनासहित अगाडि बढ्नुपर्दछ। अब आउने सरकाले पनियसको प्रयाप्त विकासमा लाग्नु पर्छ। पर्यटन विकासको लागि सबै भन्दा ठूलो चुनौती भनेकै आधारभुत पूर्वाधारको कमि रहेको छ। पूर्वाधारको विकास गर्न सकेमा धेरै पर्यटक पर्यटक आगमन बढाउन सकिन्छ। अहिले साना ठूला देशहरूले हाम्रो देशमा आउनुपर्यो भनेर आह्वान गरिरहेका छन्। प्रचारप्रसारलाई तिव्र्र बनाएका छन्। हाम्रो संकृतिक संम्पदा प्राकृतिक सोन्दर्यता अरुभन्दा फरक सभ्य र भव्य रहेको छ।

मन्त्रालयले १० वर्ष रणनीतिक योजन सन् २०१६ देखी २०२५ सम्म्कोमा २५लाख पर्यटन भित्र्याउने योजना छ। राष्ट्रिय योजना आयोगले सह्रस्रव्दि विकास लक्ष्यमा भने सन् २०३० सम्म ३२ लाख पर्याटक भित््र्याउने भन्ने छ राजनीकि दलहरूले भने ५० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेका छन् सबैको एउटै योजना भनेको नेपालमा पर्यटनको आगमन दर बढाउने भन्ने नै हो। पर्यटन क्षेत्रको विकासको लागि जनशतिm पनि विकास भैरहेको अवस्था छ। थप एक विमानस्थलको निर्माण र भएको विमानस्थल बाटोको स्तरउन्नती गरेरपनि अहिले आएको भन्द्या दोव्वर पर्यटन ल्याउन सकिने हाम्रो विश्वास रहेको छ। अरु क्षेत्रमा पनि सुधारको खाचो छ अरु भने विस्तारै सुधार हुँदै जान्छ। प्रमुखत निम्न कुराहरूमा जोड दिन सके नेपालको पर्यटन बाटै आर्थिक संमृद्धि हुन्छ।

डिजिटल मार्केटिङमा जोड

हामीले प्रचार प्रसारको लागि ट्रन्ड चेन्ज गरेका छौं,विगतमा लामो समय देखी जुदन देशमा प्रचार प्रचार गदै आएको थियो त्यसैलाई निरन्तरता दिदै आएका थियौं अब भने नयाँ ठाँउमा पनि प्रचार प्रसार र मार्केटीङ गर्नले पर्यटन आगमन बढेको छ। सन् २०१७ मा अमेरिकामा ३⁄४ ठाउँमा प्रचारप्रसार गरेकाले यस वर्ष अमेरिका पर्यटक आगमनमा तेस्रो हुन पुग्यो जुन विगतका वर्षमा चौथो स्थानमा रहकेो थियो। विभिन्न देशको सयभन्दा बढि मिडिया व्लगहरू कन्फ्रन्स गर्यौउ साथै हिमालयन टा«भलमार्टल २०१७ ले पनि पर्यटन आगमनमा धेरै मात्रमा सहयोग पुग्नेछ। भिजिट नेपाल भनेर युरोपमा क्याम्पेनिङ चलायौं जसले गर्दा युरोपका देशहरूबाट ३० प्रतिशतसम्म वृद्धि देखिएको छ। हाम्रो सिधा हवाई सञ्जाल नहुँदा पनि यतिको पर्यटन आगमन वृद्धिदर सकारात्मक हो। यसरी नेपाल पर्यटन र्बाडले काम गरिरहेका छौं। फेसवुक विज्ञापन युटुब विज्ञापनसमेत बढाएको छौं।

प्रदेशिक संरचना

स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन भइसकेर देश संघीय संरचनाको अभ्यासतर्फ लागिसके पनि राज्यका कतिपय संरचनामा भने अझै पनि संघीय संरचनामा कस्तो मोडलमा जाने भन्ने अन्योल कायमै छ। नेपाल पर्यटन बोर्ड प्रादेशिक संरचनामा जाँदा कस्तो स्वरूपमा रहने भन्ने अहिलेसम्म टु·ो लागिसकेको छैन। पर्यटन बोर्ड केन्द्रमा रहनुपर्छ र त्यसको मातहतमा अन्य शाखा वा अन्य त्यस्तै किसिमका संस्था रहनुपर्छ भन्ने हो। तर प्रदेशमा पनि बोर्ड नै रहने वा विभाग रहने भन्ने टुंगो भने लागिसकेको छैन। स्थानीय पर्यटनको नयाँ गन्तव्य पत्ता लगाएर त्यसको प्रचारप्रसार गर्ने, प्रदेशमा पर्यटन बोर्डको शाखा वा विभागमध्ये एक रहने तर त्यसको अधिकार के हुने भन्ने विषयमा छलफल हुन बाँकी रहेको छ।

पर्यटन आर्थिक समृद्धिको मुख्य आधार

कार्यकारी अधिकृत जोशी एग्रो, हाइड्रो र पर्यटनलाई सरकारले देश विकासको मूल आधार भनिसकेको अवस्थामा यी तीन वटा पक्षमा विशेष जोड दिनुपर्ने बताउनुहुन्छ। यी तीनमध्ये पनि सबैभन्दा छिटो विकास गर्न सकिने पर्यटन नै मुख्य राजनीतिक दल र एमाले र माओवादीको साझा घोषणापत्रमा पनि ५० लाख पर्यटक नेपाल भित्र्याउने योजना उल्लेख गरेका छन्। पर्यटनसँग सम्बन्धित अन्य विभिन्न संघसंस्थाहरूले पनि यही लक्ष्य राखेकाले यो सम्भव पनि छ नेपाल वायुसेवा निगको विस्तार गरेर गएको खण्डमा र प्रत्येक वर्ष २५ देखी ३० प्रतिशत पर्यटन आगमन वृद्धि हुदै जाँदा सन् २०२५ सम्ममा २५ लाख पर्यटक भित्र्याउन सकिन्छ। प्रत्येक वर्ष २५–३० प्रतिशत पर्यटक बढाउँदै जान सकिन्छ।

राजनीतिक स्थिरताले राम्रो सन्देश प्रवाह

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा दिगो सरकार बने पर्यटन प्रबद्र्धन गर्न सजिलो हुने छ। पर्यटक आउने मुलुकमा नेपालमा राजनीतिक स्थिरता र सुरक्षा छैन भन्ने सन्देश प्रवहा गर्न सक्नु पर्छ। निर्वाचन भइसकेको र अब स्थिर सरकार बन्ने अवस्था देखिएको छ। यसले पनि अब नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य हो भन्ने सन्देश जानेछ जस्ले गर्दा पर्यटक आगमनमा वृद्धि हुने छ। भारत र चीनका पर्यटकको सानो संख्यालाई मात्रै नेपाल भित्र्याउन सके पर्यटनमा ठूलो फड्को मार्न सकिने हाम्रो विश्वास छ।


पूर्वाधार विकास अर्को आवश्यकता

पर्यटन प्रवद्र्धनका लागि पहिलो सर्त पूर्वाधारको विकास रहेको पर्यटन बोर्डको भनाइ छ। यसअन्तर्गत कम्तिमा एउटा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण तथा सञ्चालन, भइरहेका विमानस्थलको क्षमता वृद्धि र कुशल व्यवस्थापन गर्नुपर्नेमा जोशी जोड दिन्छन्। सडकको समेत मर्मत तथा विस्तार गर्नुपर्ने उनको तर्क छ। विमानस्थल र सडक राम्रो हुने हो भने होटललगायतका पूर्वाधार विस्तार हुदै जान्छ। हामीले पर्यटकलाई उपलब्ध गराउने सेवा थप गुणस्तरीय बनाउनुपर्ने र सेवामा विविधता ल्याउन सक्नु पर्छ।

नेपाल वायुसेवा निगमको बजार विस्तार

वायुसेवा निगमको क्षेत्रमा विस्तार गरेर जाने साथै नेपाल एयरलाइन्सलाई प्रतिस्पर्धी बनाउन सके पर्यटक भित्र्याउन थप सजिलो टेवा पुग्ने देखिन्छ। नेपाल एयरलाइन्सलाई निजी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको खण्डमा ठूलो संख्यामा पर्यटक नेपाल आउने देशमा सीधा हवाई सम्पर्क स्थापित गर्न सके पनि पर्यटन आगमनमा वृद्धि ल्याउन सकिन्छ। अमेरिका र युरोपका,वंगलादेश पाकिस्तान भारत चीनका केही सिटीहरू र देशहरूमा नेपालबाट सिधा हवाई सम्पर्क भए त्यहाँका नागरिकलाई अझै धेरै हामी नेपाल ल्याउन ल्याउन सकिन्छ। जस्को लागि नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सक्नु पर्छ।

खर्चालु पर्यटक भित्र्याउनमा जोड

बढी खर्चालु पर्यटन भएको ठाउँमा प्रचार प्रसार गर्ने। भूकम्पको त्रास सकिएको र राजनीतिक अस्थिरता अन्त्य भएको अवस्थामा अब पर्यटन बोर्ड उच्च आय स्रोत भएका मुलुकका पर्यटक भित्र्याउने अभियानमा संचालन गदै आएको छ। अमेरिका र युरोपका पर्यटक अथवा तुलनात्मक रूपमा बढी खर्च गर्ने देशमा पर्यटनको मार्के्टिङ र प्रचारप्रचार गरेका छौ। ट्राभल ट्रेड फेयरमा गएर सहभागी गराउने हामी सामाजिक सञ्जालबाट पनि मार्केटिङ गर्ने, पोस्टर पम्पेल्ट पनि स्तरीय बनाउने र पर्यटनको आगमन भएपछि पनि गुणस्तरिय सेवा प्रवाह गर्ने। युट्युबबाट गुणस्तरीय भिडियो अपलोड गरेर नेपालको प्रचार गर्न।। बीबीसी र रोयटर्स ट्राभलभाइजर हामीले विज्ञापन गर्यौं अब डिजिटल मार्के्टिङ बाटनै नेपालको प्रचार प्रसार आवश्यक छ। हामीले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यले ‘एक्सपिरियन्स नेपाल’ नेपाली खानाको विश्वमा प्रचारप्रसारको अभियानको समेत शुरुवात गरेका छौ।

नीजिक्षेत्रको विकासमा जोड दिनुपर्छ पर्यटनबाटनै दिगो विकास सम्भव रहेको छ। पर्यटनले वैदेशिक मुद्रा आर्जन गर्न माध्यम पनि हो। रोजगारको विस्तार गर्छ १ पर्यटन आउँदा ११ जना पथ प्रदर्शकलगायतले रोजगार पाउने संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनले बताएको छ। हाल पर्यटकहरूले नेपाल भ्रमणमा औसत २ हजार ५ सय देखि ३ हजार डलर खर्च गर्ने गरेका छन्।

(नेपाल समाचारपत्रका दीपेन्द्र थापाले गर्नुभएको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्