प्याराग्लाइडिङको परीक्षण सफल



खोटाङ, (नेस)
पर्यटन प्रवद्र्धन गर्दै गाउँमा स्वरोजगारको वातावरण निर्माण गर्नका लागि खोटाङको दिपु्रङ गाउँपालिकाले मंगलबार बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ।

गाउँपालिकाको भीरचुङ्माडाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोसी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी प्याराग्लाइडिङको सफल परीक्षण गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बताउनुभयो।

प्याराग्लाइडिङ र र्याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई दिप्रुङ गाउँपालिका–६ छितापोखरी र दिप्रुङ गाउँपालिका–७ टेम्माको बीचमा रहेको धिप्लुङ झरनासम्म पुर्याउने र ओझेलमा परेको झरनाको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ।

बतासेको भीरचुङ्माडाँडाबाट एकैसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए। बतासेको भीरचुङ्माडाँडामा प्याराग्लाइडिङको सम्भावना बलियो प्रमाणित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एटीसी अफिसर मुकेश डंगोलले जनाउनुभयो।

प्रतिक्रिया दिनुहोस्