अनशनको परिभाषा कस्तो ?



‘अनशन’ अर्थात् विरोध। यो शब्दको व्यावहारिक पक्ष गहन मानिने गरिए पनि पछिल्लो समयमा नेपालमा भने ज्यादै सस्तो भएको छ। जसलाई जुन बेला मन लाग्यो त्यही बेला अनशन बस्ने, अनशनका लागि ठूलो बहाना नै नचाहिने भएपछि अर्थको ओज किन गहन हुन्थ्यो र?

अनशनको ओज घटाएर सस्तो लोकप्रियताको कीर्तिमान राख्ने होडमा छन् केसी थरका एक डाक्टर। मुलुकको स्वास्थ्य शिक्षामा देखिएको बेथिति सुधारका लागि अनशन शुरू गर्दा उनको पक्षमा जुन किसिमको सान्त्वना र जनलहर थियो त्यो पछिल्लो समयमा खस्किएको धरहराले देख्दै आएको छ। पछिल्लो समयमा केसी अनशन बस्ने मूमुद्दा स्वास्थ्यभन्दा राजनीतिक र अन्य विषयतर्फ मोडिन थालेको छ। उनको यस्तै र अनेकौं लहडीपनले अनशनको परिभाषा नै बदल्नुपर्ने अवस्था आएको छ।

आफू अनशन बस्दा टिचिङ अस्पतालमा भएको अवरोधका कारण कति सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित रहे भन्ने उनलाई मतलब भएन। अदालतको निर्णय होस् या अख्तियारको काम कारबाही उनलाई चित्त बुझेन भने शुरू गरिहाल्छन् अनशन। बेला मौकामा त केसी आफूलाई कानुनभन्दा माथि नै सम्झन्छन्।

आइतबार सर्वोच्च अदालतले सुनाएको एक फैसलाको निर्णयको विरोध गर्दै खुलेआमरूपमा उनी उत्रिएका छन्। न्यायाधीशलाई नै भ्रष्ट भन्दै विरोधमा उत्रिएपछि उनी कुन ग्रहका रहेछन् भनेर अहिले धेरैले चासो लिएका छन्। उनलाई नजिकबाट चिन्नेहरूबाट धरहराले सुझावको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्