हस्तकला र पर्यटकीय जिल्ला घोषणा गर्न माग



नेपासमाचारपत्र
ललितपुर
ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लालाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्लाको रूपमा घोषणा गर्न माग गरेका छन्।संघले आयोजना गरेको हालै निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यसँग बधाई तथा स्वागत कार्यक्रममा अध्यक्ष कृष्णलामहर्जनले सो माग गर्नुभएको हो।

उहाँले स्थानीय तह, प्रदेश र संघ तीन तह मिलेर मौलिक कला संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यस्थभएकाले ख्यागरेर सो घोषणा गर्न माग गरेका हुन्। स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को धारा ९ मा प्रदेश वा स्थानीय तहले कुनै नगरपालिका, गाउँपालिकाले सो घोषणा गर्ने प्रावधान रहेको छ।

संघले सो ऐनमा टकेर ललितपुरको कला कौशल, सम्पदा बचाउन र पर्यटकीय क्षेत्रको विकास गर्न सो माग राख्नुभएको अध्यक्ष महर्जनको भनाइ रहेको छ। ‘यस कार्यमा निजी क्षेत्रको सहभागिता पनि सुनिश्चित गरिनुपर्छ। ’ अध्यक्ष महर्जनले भन्नुभयो। मुलुकको निर्यात व्यापारमा हस्तकलाका वस्तुको विशिष्ट योगदान रहेको चर्चा गर्दै उहाँले यहाँको आर्थिक र विकासका सम्भावनालाई मूर्त रूप दिनुपर्नेमा पनि जोड दिनुभयो।

सो अवसरमा यस एजेन्डालाई प्राथमिकता दिन माग गर्दै नेपाउद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कला, संस्कृति, सम्पदाले भरिएको ललितपुर जिल्लाले आर्थिक समृद्धिमा निर्वाह गर्न सक्ने भएकाले हस्तकला, साँंस्कृतिक र पर्यटकीय जिल्ला घोषणा गर्नु प्रदेश र स्थानीय तह मिलेर जाने विश्वास व्यक्त गर्नुभयो।

अन्यमध्ये ललितपुरको विशिष्ट अवस्थाको चर्चा गर्दै महासंघका अध्यक्ष राणाले संघ, प्रदेश र स्थानीय तहले गर्ने कामबाट जनताले संघीयताको महत्त्व बोध गर्ने भएकोले नयाँ नेपालको निर्माणमा तीन तहको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो। अध्यक्ष राणाले संविधान कार्यान्वयनको यस घडी आर्थिक समृद्धिको लागि अनुकूअवस्था रहेको बताउँदै यही समयमा मुलुकलाई आर्थिक समृद्धि र विकासको कार्यमा दोर्हयाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो–‘यस कार्यमा निजी क्षेत्र सदैव सरकारको साथ रहने छ। ’

सो अवसरमा ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पम्फा भुसालले ललितपुरको मौलिक, कला संस्कृतिलाई संरक्षण नै समृद्धिको मुख्य आधार रहेको धारणा राख्नुभयो। सदस्य भुसालले समग्र काठमाडौंलाई नै सांस्कृतिक राजधानी बनाउनुपर्ने विषय आफ्नो घोषणापत्रमा मुख्य रूपमा उठाएको चर्चा गर्दै यसलाई मूर्त रूप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

राजनीतिक क्रान्तिको लागि धेरै लडिसकेको बताउँदै उहाँले अब आर्थिक परिर्वतनका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो। सो अवसरमा ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलामहर्जनले हस्तकला, मूर्त र अमूर्त संस्कृति नै समृद्धिको आधार रहेको बताउनुभयो।

समारोहमा संघका वरिष्ठ उपाध्यक्ष भरतलाजोशीले जनता अहिलेसम्म संघीयताको तीन वटा तह संघ, प्रदेश र स्थानीय तहको बारे नबुझेको चर्चा गर्दै अहिलेका जनप्रतिनिधिहरूले गर्ने कामबाट त्यसलाई अवरोध गर्ने धारणा राख्दै घोषणापत्रमा लेखिए बमोजिम इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो। वरिष्ठ उपाध्यक्ष जोशीले सांँस्कृतिक पर्यटकीय जिल्ला घोषणा गर्ने काममा संघको सदैव सहयोगी भूमिका हुने पनि बताउनुभयो। महासचिव मनोजबहादुर न्याछ्योले महालक्ष्मी नगरपालिकालाई टेक्सटायग्रामका रूपमा विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो।

प्रतिक्रिया दिनुहोस्