चीन र युरोप मिल्ने



सियान, (एजेन्सी)
फ्रान्सका राष्ट्रपति इम्यानुयम्याक्रोंले सोमबार बेइजिङको ‘बेल्ट एन्ड रोड’ पहलमा चीन र युरोपले मिलेर काम गर्नुपर्ने बताएका छन्। आधुनिक ‘सिल्क रोड’ निर्माण गर्ने उद्देश्यको उक्त परियोजना एकतर्फी हुन नसक्ने उनले बताए। प्राचीन सिल्क रोड कहिल्यै पनि चिनियाँको मात्र थिएन। प्राचीन सिल्क रोडको पूर्वी प्रस्थान विन्दु सियानमा प्राज्ञिक, विद्यार्थी र व्यापारीको भेलामा म्याक्रोंले बताए। परिभाषाले यदि त्यो मार्ग हो भन्ने मात्र साझा हुनसक्छ र त्यो एक तर्फीमात्र नहुने उनले बताए। सन् २०१३ मा सार्वजनिक बेल्ट एन्ड रोडको उद्दश्य चीनलाई दक्षिण एसिया, मध्यएसिया र मध्यपूर्व हुँदै युरोप र अफ्रिकालाई जोड्नु रहेको छ।

प्रतिक्रिया दिनुहोस्