महाथिर पुनः प्रम उम्मेदवारमा छनोट



क्वालालम्पुर,(एजेन्सी)
मलेसियाको सत्तामा लामो समय रहेका पूर्वप्रधानमन्त्री महाथिर मोहमद पुनः एक पटक प्रधानमन्त्री पदको उम्मेदवारमा छनोट भएका छन्। ९२ वर्षीय मोहमदलाई आइतबार विपक्षी राजनीतिक गठबन्धनले आगामी अगस्टमा हुने आम निर्वाचनको प्रधानमन्त्रीय उम्मेदवारका रूपमा छनोट गरेको हो।

उनले सन् २००३ मा प्रधानमन्त्री पद त्यागेको थिए। त्यसअघि उनले दुई दशकभन्दा लामो समय सो पद सम्हालेका थिए। यदि उनले सो निर्वाचन जितेको खण्डमा उनी विश्वकै सबैभन्दा बढी उमेरका नेता हुनेछन्। केही वर्षयता वर्तमान प्रधानमन्त्री नाजिब राजाकको व्यापक विरोधको आवाज उठाउँदा उठाउँदै मोहमद पुनः राजनीतिमा तानिएका हुन्।

राजाकलाई वन एमडीबी नामक सरकारी विकास कोषको अर्बौं अमेरिकी डलर घोटाला गरेको अभियोग लगाइएको थियो। महाथिरले सत्तारुढ यूएमएनओ पार्टी त्यागेर सन् २०१६ मा नयाँ बेर्साटु खोलेका थिए। त्यस पार्टीमा विपक्षी गठबन्धन पाकाटान हारापान पनि प्रवेश गरेको थियो।
महाथिरको नेतृत्वमा मलेसिया एसियाको आर्थिकरूपमा सवराष्ट्र बनेको थियो। तर आफ्नो शासनकालमा उनी आफ्ना विरोधीसामु कडारूपमा प्रस्तुत भएका थिए। उनको सम्भावित उत्तराधिकारी मानिने उपप्रधानमन्त्री अनवर इब्राहिमलाई सन् १९९८ मा राजनीतिक मतभेदका कारण समलिंगी र भ्रष्टाचारको अभियोगमा ६ वर्ष लामो काराबास सजाय सुनाइएको थियो।

त्यसपछि सन् २०१३ को चुनावमा विपक्षीका रूपमा देखापरेका इब्राहिमलाई सन् २०१५ मा पुनः विभिन्न अभियोगमा जेचलान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्