इन्दिराको मोहनी



चर्चित गायिका इन्दिरा जोशीको नयाँ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायनमा आधारित रियालिटी शो नेपाल आइडलको निर्णायकको रूपमा सहभागी भएपछि इन्दिरा पहिलोपटक नयाँ गीतमा सुनिएकी हुन्।

इन्दिरालाई अमेरिका निवासी गीतकार अम्बिका गुरुङको रोमान्टिक शब्दरचनाको मोहनी बोलको गीतमा सुनिएको हो। पप शैलीको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको संगीत छ । शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।


अमेरिकाका विभिन्न राज्यमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देश्ँन अमेरिकामै बस्दै आएका निर्देश्ँक अनिषा के क्ष्ँेत्रीले गरेकी हुन्। भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन्। भिडियोमा दीपले प्रेमिकालाई बेवास्ता गर्ने भूमिका निर्वाह गरेका छन्। सुनिक्ष्ाँले भने प्रेमिलाई फकाउने शैलीको अभिनय गरेकी छिन्। सुशील न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रँे तथा रचना पाण्डे जाफरले छायांकन गरेका हुन्। मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एसियन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्