अग्वेरोको छिटो गोलले सिटी विजयी



सर्जियो अग्वेरोले छिटो छिटो दुइ गोल गर्दा म्यानचेस्टर सिटीले बर्नलीलाई एफए कपको तेस्रो चरणमा ४–१ ले पराजित गरेको छ ।
शनिबार राति बर्नलीले एश्ली बान्र्सको गोलबाट प्रिमियर लिगको शीर्ष टोलीमाथि आश्चर्य ढंगले अग्रता बनाएको थियो । बान्र्सले म्यानचेस्टर सिटीका जोन स्टोन्सको गल्तीको फाइदा उठाएर २५ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफमा अग्वेरोले चलाकी फ्रिकिक प्रहारमा र इल्के गुन्डोगानको ब्याक हिल पासमा २ मिनेट भित्र दुई गोल गरे । ५६ औं र ५८ औं मिनेटमा गोल गरेपछि म्यानचेस्टर सिटी २–१ को अग्रतामा रहेको थियो । लेरोय सेनले डेविड सिल्भाको पासमा ७१ औं मिनेटमा र बर्नान्डो सिल्भाले ८२ औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्