ट्रम्प कम मात्र विश्वास गर्न लायक हुन्ः माइकल वुल्फ



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा लेखिएको किताबका लेखक माइकल वुल्फले अमेरिकी राष्ट्रपति सम्भवतः अहिलेको समय पृथ्वीमा कुनै पनि व्यक्तिको तुलनामा कम विश्वास गर्न लायक भएको बताएका छन्।

किताबको शोधका लागि ह्वाइट हाउसमा कयौं महिना बिताएका माइकल वुल्फको दाबीलाई ट्रम्पले ‘झुठले भरिएको’ बताएपछि त्यसको जवाफमा भनेका हुन्।

माइकल वुल्फको आफ्नो किताब ‘फायर एन्ड फ्युरीः इन्साइड द ट्रम्प्स ह्वाइट हाउस’मा डोनाल्ड ट्रम्पलाई लिएर कयौं दाबी गरिएका छन्। डोनाल्ड ट्रम्पका वकिलले उक्त किताबका प्रकाशनमाथि रोक लगाउने प्रयास गरेका थिए,

तर त्यस्तो हुन सकेन। किताबको बिक्री शुरू भइसकेको छ। माइकल वुल्फले एनबीसीको टुडे सोमा ट्रम्पका सबै कर्मचारीले उनी एक बच्चाजस्तो भएको भन्ने गरेको बताएका थिए। उनले भने– ‘उनलाई त्यस्तो भन्नुको अर्थ उनी तत्काल सन्तुष्टि चाहन्छन्। यो मान्छे पढ्दैन, कसैको भनाइ सुन्दैनन्। यो बस पिनबल जस्तो सुट हुने गर्छ।’

अमेरिकाका राष्ट्रपतिबाट उनीमाथि नै लेखिएको किताबको प्रकाशन रोक्ने प्रयास हुनु अनौठो भएको वुल्फले बताए। त्यस्तो कदम सानो कम्पनीका सीईओले पनि नउठाउने उनले बताए। प्रकाशन रोक्ने प्रयासको विवादलाई किताब बिकाउने चाल भएको आरोप पनि लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्