पाँच लाख चन्दा नदिँदा एमाले नेता बलुको हत्या



काठमाडौँ । पाँच लाख चन्दा नदिँदा रुपन्देहीमा देवदहमा स्थानीय एमाले नेताको हत्या भएको बुझिएको छ । गुण्डा नाइके मनोज पुनले बसन्त पौडेल बलुको हत्याको जिम्मेवारी लिँदै पाँच लाख चन्दा माग्दा नदिएकाले हत्या गरेको दाबी गरेका छन । उनले मलेसियाबाट फोन गरेर हत्याको जिम्मेवारी लिएका हुन । पौडेल नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन । उनको शुक्रबार बिहानै आफ्नै काठ मिलमा गोली हानी हत्या भएको थियो । मिलभित्र आगो तापेर बसेका बसन्तलाई ढोका किन्न आएको भन्दै दुईजनाले गोली हानेर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्