रुपन्देहीको देवदहमा गोली चल्यो, थप विवरण आउन बाँकी



बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको समाचार प्राप्त भएको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएको बताइएको छ । पौडेलको टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल लगिएको स्थानियले जानकारी दिएका छन ।

केही ब्यक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर रोहिनी खोलातिर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । गोली हान्नेहरुको पहिचान खुलेको छैन ।

गोली हान्नेहरुको खोजी भईरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्