भारतीय सहयोगमा केन्यामा बन्धक बनाइएका ७ जना नेपाली महिलाको उद्धार



काठमाडौँ । केन्यामा अलपत्र परेका ७ जना नेपाली महिलाको भारतको सहयोगमा उद्धार गरिएको छ । भारतले आफ्ना देशका नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार गरेको भारतीय विदेशमन्त्री सुस्मा स्वराजले ट्वीटर मार्फत जानकारी दिएकी छिन । स्वराजको ट्वीटमा ती महिलाको पासपोर्ट र मोबाइल लुटेर अलपत्र बन्धक बनाइएको उल्लेख छ । सङ्गठित रुपमा मानव ओसारपसार गर्ने गिरोहले उनीहरुलाई केन्याको मोम्बासा पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्