पाँच दलका शीर्ष नेताकाे सर्वदलीय बैठक बालुवाटारमा शुरू



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्रन गरेको सर्वदलीय बैठक ढिला गरी सुरु भएको छ ।

बिहान नौ बजेका लागि डाकीएको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेका कारण ढिला सुरु भएको बताइएको छ ।

बैठकमा राष्ट्रिय मान्यता प्राप्त पाँच दलका शीर्ष नेताहरुको उपस्थिती रहेको छ । बैठक राष्ट्रियसभाको निर्वाचन मिति, प्रदेश प्रमुख र प्रदेशको राजधान ितोक्ने लगायतको बिषयमा केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्