२६ सय वर्ष पुरानो मन्दिर प्राप्त



इजिप्ट, (एजेन्सी)
इजिप्टमा काम गरिरहेका पुरातत्वविद्हरूले २ हजार ६ सय वर्ष पुरानो रहस्यमय मन्दिरको अवशेष फेला परेको बताएका छन्। पराओजको हिलस्थित उक्त क्षेत्रमा लगातार धार्मिक कलाकृति भेटिएकाले उक्त इलाका धार्मिकस्थल हुनुपर्ने विश्वास गरिएको छ।

उत्तरी इजिप्टमा भइरहेको उत्खनन्मा मन्दिर संरचनाको संकेत र अन्य प्राचीन वस्तुहरू फेला परेको उत्खनन्मा लागेका टोलीले बताए। उनीहरूले ती बस्तुहरू ६६४ देखि ३३२ इसापूर्व बीचको भएको बताए।

प्राचीन बुटो भनेर चिनिने टेल–अल पराइन क्षेत्रमा कार्यरत पुरातत्वविद्हरूले मन्दिरको परिसमा ४ वटा अग्निशाला रहेको र त्यो भक्तिपूर्ण प्रार्थना गर्न प्रयोग भएको हुन सक्ने बताए।

प्रतिक्रिया दिनुहोस्