पोलिस नागरिकद्वारा विमानभित्र हंगामा



म्याड्रिड, (एजेन्सी)
स्पेनमा र्यान एयरको उडानमा रहेका १ जना यात्रु विमानबाट ओर्लने क्रममा लामो समय पर्खनुपरेको कारण दिक्क लागेर आपतकालीन द्वारबाट बाहिर निस्कन विमानको पखेटामा पुग्दा समस्यामा परेका छन्। करिब ५० वर्ष उमेरका ती पोलिस नागरिक पुरुष प्रस्थान समयमा १ घन्टा ढिलो गरी उडेको विमानमा लन्डनबाट आएका थिए।

यात्रुहरूलाई मालागामा ३० मिनेट रोकिएको बताइएको छ। सम्झाइ बुझाइभित्र बोलाइनुअघि उनी केहीबेर विमानको पखेटामा गएर बसेका थिए। उनलाई पछि विमानस्थल सुरक्षा निकायले गिरफ्तार गरेको थियो। सोही विमानमा सवार अर्को एक यात्रुले खिचेको भिडियो फुटेजमा आफ्नो लगेज छोडेर पखेटाको किनारमा गएर बसेको र पृष्ठभूमिमा अन्य व्यक्तिहरू हाँसिरहेको देखिन्छ।

नयाँ वर्षको दिन कल साइन एफआर ८१६४ बोकेर स्टानस्टेडबाट मालागा उडेको विमानमा यस्तो अस्वाभाविक घटना घटेको हो। डेली मेलले सो उडानमा रहेका दुईजना अन्य यात्रुसँग यसबारे कुराकानी गरेका छन्।

तीमध्ये एकजनाले भनेका छन्,‘म पखेटाबाट बाहिरिन्छु भन्दै १ लजना पुरुषले आपत्कालीन द्वारतर्फ बढेको अस्वाभाविक देखिन्थ्यो। तर डेली मेलले अर्का यात्रु राज मिस्त्रीलाई उद्धृत गर्दै दमबाट पीडित ती व्यक्तिलाई श्वास फेर्न गाह«ो भइरहेको जनाएको छ। र्यान एयरका प्रवक्ताले यस घटनालाई विमानस्थलको सुरक्षा उल्लंघनको संज्ञा दिएका छन्।

प्रहरीले मालागा विमानस्थलमा तत्काल गिरफ्तार गरिएका यी व्यक्तिमाथि स्पेनको सुरक्षा नियम कानुनअनुसार कारबाही हुने स्पेनी निकायले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्