रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौँ ।
विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ । भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले उपादी जितेको हो । १५० रनको लक्ष्य पछ्याएको भैरहवाले सुरुवात गरे पनि आठौं ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर, १५ औं ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे ।

त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । कप्तान पारस खड्काले १९ औं ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रनको आवश्यकता परेको थियो । त्यपछि पहिलो कृष्ण कार्कीले चौका प्रहार गरेर दोस्रो बलमा विकेट लिए, तेस्रो बलमा रन नै भएन भने पाँचौ बलमा पुनित मिश्रको विकेट गुम्यो । त्यसपछि भैरहवालाई जितका लागि अन्तिम बलमा ५ रन चाहिएको थियो तर, ३ रन मात्र जोड्न सक्यो र एक रनको रोमाञचक जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो । रोमाञ्चक

प्रतिक्रिया दिनुहोस्