निल लक्ष्मीपुरको अन्तर्राष्ट्रिय एकेडेमीदेखि अमिताभको शहरमा फ्रेन्चाइजीसम्म



चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले आप्नो जन्मथलोमा अन्तर्राष्ट्रिय हेयर एकेडेमी सञ्चालनमा ल्याउने भएका छन्। उनले झापाको लक्ष्मीपुरस्थित जन्मथलोमा एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउन लागेका हुन्।

‘मेरो जन्मभूमि लक्ष्मीपुरका लागि केही गर्ने ठूलो सपना थियो। यो सपना पूरा गर्न लक्ष्मीपुरमा एसियाकै ठूलो निल डेभिड्स इन्टरनेसनल हेयर एकेडेमी सञ्चालन गर्न लागेको हुँु, उनले भने– ‘अहिले यसको गृहकार्य गरिरहेको छु र आगामी वैशाख ८ गते सिलान्यास हुनेछ।’

यो एकेडेमी ४ तल्लाको हुनेछ। सिसैसिसाबाट बन्ने भवनमा विश्वका उत्कृष्ट ब्रान्ड र होस्टलको सुविधासमेत उपलब्ध हुनेछ। यो सपना मेरो मात्र होइन, यसबाट धेरैको सपना साकार हुनेछ भन्ने विश्वास लिएको छु। यसबाट म वर्षेनी ३० जना गरिबलाई निःशुल्क ट्रेनिङ दिएर जब दिने योजना बनाएको छु उनले भने– ‘यसबाट मेरोसँगै उनीहरुको सपना पनि पूरा हुनेछ र जीवनयापन सरल बन्न पुग्नेछ।’

निलले भारतमा पनि आप्mनो निल डेभिड्स हेयर सलुन ब्रान्डको फ्रेन्चाइजी विस्तार हुँदै जाँदा निल डेभिड्स इन्टरनेसनल हेयर एकेडेमी सञ्चालन गर्न लागेका हुन्। उनले मुम्बइको मेनेमजेन्ट कम्पनीसँग भारतका विभिन्न शहरमा आप्mनो १ सय ब्रान्ड फ्रेन्चाइजी सञ्चालन गर्ने गरी सम्झौता गरेका छन्। जसअनुसार आसामको गुहाटीमा फ्रेन्जाइजी सञ्चालनमा ल्याइसकेका छन् भने आगामी १६ जनवरीमा बलिउडका बिग बी अमिताभ बच्चनको नगरी अलाहबादमा अर्को फ्रेन्चाइजी सञ्चालनमा ल्याउने तयारी गरेका छन्। अलाहबादमा व्यवसायी सोमानीले १ करोड भारतीय रुपियाँको लागतमा २७ शय स्क्वायरमा सो फ्रेन्चाइजी तयार गरिरहेको उनले बताए। यसका साथै वाराणाशी, लखनउ, बेंगलोर र नयाँ दिल्लीमा समेत फ्रेन्चाइजी सञ्चालनमा आउने उनले बताए।

उनी भारतबाहेक अन्य देशमा पनि आप्mनो फ्रेन्चाइजी सञ्चालन गर्ने तयारीमा छन्। उनका अनुसार १२ फेब्रुअरीमा युएईको दुबई मेनेजमेन्टसँग सम्झौता गरी अरब राष्ट्रमा फ्रेन्चाइजी ल्याइनेछ। त्यस्तै सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीमा समेत उनको फ्रेन्चाइजी सञ्चालनमा आउनेछ। काठमाडौंमा आधा दर्जनका साथ बिर्तामोड, पथरी, नेपालगन्ज, भैरहवा, र धरानमा समेत फ्रेन्चाइजी खोल्ने सम्झौता गरिसकेका निलले लण्डन, बैंकक र दिल्लीमा हेयर स्टाइल र मेकअपको अध्ययन तथा तालिमपछि काठमाडौंबाट हेयर स्टाइलको करियर शुरु गरेका थिए। यस क्रममा उनले पहिलोपटक एकै ठाउँमा महिला र पुरुषको हेयरसम्बन्धी सेवा दिने गरी अत्याधुनिक सुविधाका साथ निल डेभिड्स युनिसेक्स हेयर सलुन सञ्चालनमा ल्याएपछि उनलाई पछ्याउँदै विभिन्न शहरमा त्यसखाले सलुन सञ्चालनमा आउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्