शिवरामको ३९औं उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले धरानमा शुक्रबार सम्पन्न सुर्य नेपाल इस्टर्न ओपन गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन्।

निर्वाण कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्टमा शिवरामले अन्तिम दिन २ अन्डर ६८ स्कोर गरेर उपाधि पक्का गरेका हुन्। एमेच्योर खेलाडी शुक्रबहादुर राईले एक अन्डर ६९ खेल्नु नै शिवरामले करिअरको ३९ औं उपाधि जित्नको लागि पर्याप्त भयो। उनले कूल सात अन्डर २ सय ३ स्कोर जोड्दा शुक्रले ६ अन्डर २ सय ४ स्कोर गरेका थिए। त्यस्तै अर्का एमेच्योर खेलाडी टंकबहादुर कार्की पनि शुक्रसँगै दोस्रो स्थानमै रहे। शिवरामले पहिलो पुरस्कार १ लाख १५ हजार रुपियाँ प्राप्त गरे।

एमेच्योर खेलाडीलाई नगद पुरस्कार नदिइने प्रावधानअनुसार दोस्रो स्थानमा रहेका शुक्र र टंकले नगद पाएनन्। दोस्रो स्थानको ६३ हजार ५ सय नगद पुरस्कार भने सन्जय लामा र जयराम श्रेष्ठले हासिल गरे।

प्रतिक्रिया दिनुहोस्