सेप्से घट्यो



पुसको दोस्रो साता नेप्से परिसूचक ५३ दशमलव ३७ अंकले घटेको छ । चार दिनमात्र कारोबार भएको यस साता १ हजार ४ सय ७२ दशमलव १५ अंकबाट शुरु भएको बजार साताभरि नै ओरालो लाग्दा १ हजार ४ सय १४ दशमलव ७८ बिन्दुमा पुगेर रोकिएको हो ।
प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सकिएपछिको तेस्रो पनि राजनीतिक अवरोधले निकास नपाएको यस साता बजारमा कारोबार रकम बढेपनि परिसूचक भने ओरोलो लागेको छ । चार दिनमात्र कारोबार भएको बजारमा यस साताको कारोबार रकम पाँचै दिन कारोबार भएको अघिल्लो सातभन्दा ४ दशमलव शून्य १ प्रतिशत बढी छ । यस साता नेप्सेमा २ अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । सोक्रममा नेप्सेमा १ सय ७४ कम्पनीका ५७ लाख २५ हजार २ सय ६० कित्तँ शेयर किनबेच भए । सातभरि कूल २७ हजार १ सय ५३ कारोबार भए ।
अघिल्लो साता बजारमा १ सय ७७ कम्पनीका ५७ लाख ११ हजार कित्ता शेयर २ अर्ब ५७ करोड ९१ लाख १८ हजार रुपिया“मा कारोबार भएका थिए । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) साढे ६६ अर्ब रुपियाँभन्दा बढीले घटेको छ । यत साता बजार पुँजीकरण १७ खर्ब ११ अर्ब ९८ करोड रुपियाँबाट घटेर १६ खर्ब ४५ अर्ब २९ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ ।
नेप्से परिसूचक घट्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ११ दशमलव ३९ अङ्कले घटेर २ सय ९७ दशमलव ६२ अङ्कमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्