विद्युत उत्पादन घट्यो



हिक्मत नेपाली, दैलेख । ३.५७ मेगावाट उत्पादन क्षमता रहेको दैलेखको द्धारी खोला जलविद्युत आयोजनामा विद्युत उत्पादन घटेको छ । दैलेख सदरमुकाम दैलेख बजार देखि उत्तरपूर्वमा पर्ने नौमुले गाउँपालिकामा संचालनमा रहेको द्धारीखोला जलविद्यतु आयोजनामा पानीको वहाव कमी भएपछि विद्युत उत्पानदमा कमी आएको हो । पानीको वहाव घटेपछि विद्युत उत्पादनमा गिरावट आएको प्राविधिक अनिल थापामगरले बताए । ३.७५ मेगावाटको विद्युत उत्पादन क्षमता रहेको विद्युत आयोजनाबाट अहिले ६ सय किलोवाट मात्र विद्युत उत्पादन भएको उनले जनाए ।
खोलामा पानीको मात्रा कमि भएपछि विद्युत उत्पादन घटेको हो । समयमै वर्षा नभएका कारण मंसिरदेखि निरन्तर ६ सय किलोवाट मात्र विद्युत उत्पादन भएको प्राविधिक मगरको भनाई छ । सुर्खेत देखि दैलेखसम्म ३३ केभिए क्षमताको विद्युत लाईन विस्तार समेत भैसकेकाले अहिले उत्पादन भएको विद्युत प्रसारणमा सहजता भएको उनले जानकारी दिए । कम्पनीका अनुसार उत्पादन भएको विद्युत दैलेख सदरमुकाममा रहेको पावर हाउसबाट जिल्लाभित्र वितरण गरिन्छ र बाँकी रहेको विद्युत राष्ट्रिय प्रसारण लाईनमा वितरण गरिन्छ ।
अहिले द्धारीखोलामा विद्युत उत्पादन गरेको कम्पनीले डोल्टिपावर कम्पनी अन्तरगत दैलेखको नौमूले गाउँपालिकामै पादमखोला विद्युत उत्पादनको काम पनि गरेको छ । नौमूले गाउँपालिका वाडा नं. ४ कालीकामा ड्याम निर्माण गरी ५७ स्क्वायर किलोमिटरबाट पानी ल्याई नौमुले गाउँपालिका १ मा पावरहाउस निर्माण गरिने जनाइएको छ ।
नौमूले बजारबाट १ किलोमिटरको दुरीमा विभिन्न ३ वटा विद्युत उत्पादन गृहहरु निर्मााण हुन थालेपछि नौमूले गाउँपालिकाले विकासमा फड्को मार्न थालेको छ । बिगत पाँच महिनादेखि नौमूलेमै ४.५ मेगावाटको पदमखोला हाइड्रो पावरको काम सुरु गरिएको छ । यस्तै ४.२ मेगावाट क्षमताको लोहोरे हाइड्रोको काम भने रोकिएको छ । कम्पनीका अनुसार जलविद्युत आयोजनाका लागि रकम जुटाउन नसकेका कारण काम रोकिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्